logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

आपसमा नाडी छाम्दै तीन नेता


  • पत्रपत्रिका
  • शनिबार, असार १४ २०७६

नेकपाका वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीसँग शुक्रबार बिहान बालुवाटारमा भेट गरे । आफ्नो निवास कोटेश्वरबाट हिँडेका नेपाल बालुवाटर जानुअघि अर्का अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटार छिरे ।

नेता नेपालले बुधबार प्रधानमन्त्री ओली र दाहालबीच भएको पछिल्लो कुराकानीको ब्रिफिङ लिए ।

प्रधानमन्त्री ओलीले पार्टीका नेताहरुलाई एक्लाएक्लै बोलाएर भेट्न खोजेपछि नेपाल शुक्रबार बालुवाटार जानअघि दाहालसँगको कुराकानीको स्पिरिट बुझ्न खुमलटार पुगेका थिए ।

एक दिनअिघ ओलीले दाहालसँग धेरै वादविवाद नगरौँ मिलेर जाऔँ भन्ने प्रस्ताव राखेका थिए । त्यस्तै प्रस्ताव ओलीले शुक्रबार नेता नेपालसँग पनि राखेका थिए ।

विगतमा ओलीसँग बढी निकट देखिने दाहाल अहिले नेपाल र ओलीलाई समदुरीमा राखेर हिँडिरहेका छन् । अहिले बालुवाटारमा ओलीसँग जति नै बाक्लो भेटघाट नेपाल र दाहालबीच पनि चलिरहेको छ ।

ओली ट्रयक बाहिर हिँड्न खोजेको वा आफूहरुलाई पनि विन्दुमा कर्नर गर्ने कोसिसमा रहेको बुझाई अहिले नेपालमा मात्र हौइन दाहालमा पनि बढ्न थालेको छ ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार