सर्लाही काण्डले गृहमन्त्रीको ओठ मुख सुकाउने खालका बहसहरु सिर्जना भएका छन । असार ९ गते बसेकाे संसदको राज्यव्यवस्था समितिको सोमबारको बैठकमा सत्तापक्षकै सांसदहरुले गृहमन्त्री र प्रहरी प्रशासनको शैलीमाथि प्रश्न उठाएका छन् । गत असार ५ गते सर्लाहीमा विप्लव नेतृत्वको नेकपाका जिल्ला नेताको मृत्युमा प्रहरीले मुठभेड भनेपनि सांसदहरुले त्यसलाई कलाबिहिन नाटक भनेका छन् । कतिपय सांसदहरुले यो घटनापछि सरकारले नै पुन द्वन्द्व सिर्जना गर्न खोजेको आरोप समेत लगाएका छन्।
काे सांसदले के भने
डिला सङ्ग्रौला :गृहमन्त्रीले आफ्नो विगत किन बिर्सनुभयो ? मुलुकलाई कहिलेसम्म द्वन्द्वमा लगिरहने ? परिवारले हातखुटट बाँधेर … गरेको बताएका छन् । घटनाको निष्पक्ष छानविन होस्, फेरि देशलाई द्वन्द्वमा लाने काम नगरियोस् ।
रेखा शर्मा : केही समयअघि पूर्वमा पनि यस्तै घटना भएको थियो, किन यसरी घटना घटाइदैछ ? …को शबको फोटो भाइरल भएको छ । त्यसमा हात भाँचिएको छ । फोटो हेर्दा भिडन्तमा मारिएको देखिदैँन । विगतमा पनि मुठभेडका नाममा यस्तै भएको थियो । यो घटनामा निष्पक्ष छानविन हुनुपर्छ । म पहिला १ बर्ष जेल बसको बेला पनि यस्तै घटना हुने गरेको थियो ।
दिलेन्द्र प्रसाद बडु : सरकारले शान्ति सुरक्षाको प्रत्याभूति दिनुपर्छ । …को हात भाँचिएको र नियन्त्रणमा लिएर … गरिएको भन्ने कुरा आएको छ । यो त अन्र्तराष्ट्रिय कानुन बिपरितको घटना भएको छ ।
यो घटनालाई सरकारले स्पष्ट पार्नुपर्छ । गृहमन्त्रीले नै संसदमा बिप्लवले कम्पनी बनाएको शक्तिशाली बन्दै गएको बताउनुभएको थियो । यस्तो हो भने विप्लवलाई बार्तामा किन ल्याउनुहुन्न ? तपाईंहरुले नजिकको विगतलाई बिर्सन हुदैन । गिरिजाप्रसाद कोइरालाले शान्तिप्रक्रियालाई अघि नबढाएको भए तपाई हामी कहाँ पुग्थ्यौं ? तपाईहरुबाट नै शान्तिप्रक्रिया खलबलिने हो कि भन्ने शंका उत्पन्न भएको छ ।
यशोदा सुवेदी मारिएका…को साथबाट प्रहरीले जुन कुरा बरामद गरेको छ, त्यसमा प्रश्न उठाउने धेरै ठाउँ छन् । फ्युज वायरबाट बम बिस्फोट हुन्छ कि हुँदैन ? झोलामा पेस्ताल बोकेको भनिएको छ, झोलामा भएको पेस्तोलबाट दोहोरो भीडन्त हुन्छ ? चन्दा असुलीमा संलग्न भनिएको छ तर चन्दाका लागि रसिद किन बरामद भएन ? …को शबको फोटो हेर्दा दोहोरो भिडन्त देखिदैन, विभत्स तरिकाले हात भाँचिएको छ । विप्लव समूहको असमतिको विषय के छ सहमतिको टेबुलमा ल्याँउनुपर्छ । के विप्लवलाई … सक्छु भन्न खोजेको हो ? राज्य पक्षबाट आएको जवाफ सन्तुष्ट हुनेखालको छैन । मानवअधिकार हनन् गरिएको छ भने कारवाहीको दायरामा ल्याउनुपर्छ । प्रहरीले यस्तो गर्दै जाने हो भने उनीहरुकै पक्षमा सहानुभूति झन बढ्दै जान्छ ।
महेश्वरजंग गहतराज: त्यो घटना मुठभेड भन्ने देखिदँैन । प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको देखिन्छ । यो राम्रो विषय होइन । नेपाली जनता शसंकित छन्, यो व्यवस्थालाई अप्ठ्यारो पार्ने गर्ने विभिन्न गतिविधी भइरहेका छन् । प्रतिशोध साँध्ने तरिकाले पनि यस्ता घटना बढिरहेका छन् । विप्लवसँग बार्ताको बाताबरण समाप्त भइसकेको हो ? सरकार खराब क्रियाकलाप गर्नेहरुको पनि अभिभावक हो । कसैले खराब काम गर्छ भने पनि त्यसलाई कानुुनी प्रक्रिामा ल्याएर सुधार गर्नुपर्छ । तराईमा राज्य टुक्राउँछु भनेर हिँडेको समुहलाई त मुलधारमा ल्याइएको छ भने विप्लवलाई ल्याउन किन सक्दैन ?
जनार्दन शर्मा :अब फेरीपनि हामी द्वन्द्वतिर होइन, शान्तितिर नै जानुपर्छ । राजनीतिक रुपले अर्को द्वन्द्वको सुरुवात हुनु हुदैन । संविधानले सबै ब्यवस्था गरिसक्दा पनि मुलुक फेरी द्वन्द्वको बाटोमा अघि बढनु हुँदैन । हामीसँग संविधान छ । यसको सरकार र हामी सबैले पालना गर्नुपर्छ । अहिले देखिएको समस्या भनेकै संबिधानको कार्यान्वन नगर्नु नै हो । सबै पक्षले इमान्दारिता पूर्वक संविधानको कार्यान्वन गर्नु नै ठूलो कुरा हो ।
पछिल्ला समयका घटनाक्रम हेर्दा जनताको मनोभावना बुझेर मात्रै कानुन बनाउनुपर्ने रहेछ भन्ने बुझिन्छ । जनसरोकारवालाको पनि सम्बन्ध हुनुपर्छ भन्ने पुष्टि भएको छ । गुठी बिधेयकको विषयमा नेवार समुदायले जुन सम्यमता देखायो, उसले शान्तिपूर्ण आन्दोलन गर्यो, त्यसले ठूलो द्वन्द्व हुन पाएन । हामी त्यो दुर्घटनाबाट बचेका छौँ । नाकाहरुमा कति गाडि आयो भन्ने त तपाईंहरुको पनि रेकर्ड होला । त्यहाँ घुसपैठ गरेर द्वन्द्व भड्काउन खोजिएको थियो । द्वन्द्व भड्काएर अहिलेको परिवर्तनलाई संस्थागत हुन नदिने समूहहरु सक्रिय छन् ।
झपट रावल विप्लव राजनीतिक हो भने एउटा कोणबाट छलफल गर्नुपर्छ । विप्लवप्रति हाम्रो बुझाई के हो ? सबैभन्दा पहिला यसलाई प्रष्ट पार्नुपर्छ । यो घटनाको सन्र्दभमा त म के भन्छु भने कलाबिहिन नाटक प्रर्दशनको संज्ञा दिन चाहन्छु । कथा प्रस्तुत गर्दा पनि ढङ्ग पुर्यायो भने त्यो रोचक हुन्छ, शिक्षाप्रद हुन्छ, आनन्ददायक हुन्छ, मनोरञ्जनात्मक हुन्छ । तर कलाविहीन ढङ्ग नपुरयाएको नाटक हो भने अघि भनिएका चिजहरु प्राप्ति हुँदैनन् । घटनाका बारेमा माननीयज्यूहरुले धेरै भनिसक्नुभएको छ । तत्काल यो घटनाको बारेमा छानविन गर्नुपर्छ । तथ्यहरु जुन आएको त्यसको र घटनाको प्रकृतिको कुनै साइनो छैन । कानुन भन्दा माथि कोही हुन सक्दैन ।
घटनाको प्रकृतिले मान्छे मर्यो भन्दा पनि काल पल्क्यो भन्ने देखायो । फेरी पनि घटना घटाउने र जवाफ दिइरहने ? संसारमा क्रान्ति पछि पनि प्रतिक्रान्ति गर्ने समुह हुन्छन् त्यसको कसरी ब्यवस्थापन गर्ने भन्नेमा ध्यान दिनुपर्छ ।
फेरी पनि मेरी दिदीको सिउँदो पुछिएको हामी हेर्न सक्दैनौँ, आमा छोराछोरीको टुहुरा भएको हेर्न सक्दैन । यो समस्या समाधान गर्नका लागि तत्काल पहल लिनुप