logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

संकटकालकाे झल्काे दिने गरि कालिकोटमा व्यापक प्रहरी परिचालन, दमन सहन सकिन्न : नेकपा


  • राजनीति
  • आइतबार, असार १५ २०७६

सरकारले प्रतिबन्ध लगाएपछि नेकपाको गतिविधि कालिकोटमा झन् बढ्दै गएपछि सबै स्थानीय तहमा प्रहरी टोली पठाएर सुरक्षा व्यवस्था कडा पारिएको छ । गत मंगलबार राती नरहरीनाथ गाँउपालिकाको कार्यालय स्थानीय जनताहरुले जलाएपछि ठूलो मात्रामा प्रहरी परिचालन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमूख डिएसपी बिनोद शर्माले जिल्लाका हरेक स्थानीय तहमा एक जना असइको नेतृत्वमा एक जना हवलदार र ४ जना जवान गरी ६∕६ जनाको टोली २४ सै घण्टा सुराक्षार्थ खटाइएको बताए । उनले भने, ‘नेकपाले स्थानीय तहलाई नै लक्षित गरी आगजानी गर्ने जस्ता अपराधिक गतिविधि सुरु गरेकाले त्यसका विरुद्धमा सबै पालिकाहरुमा प्रहरी परिचालन गरेका छौँ ।’

नेकपाको बढी प्रभाव रहेको कालिकोटका विभिन्न क्षेत्रहरुमा प्रहरीको अप्रेशन सुरु भएको छ । नेकपाले आफ्नो आधार इलाकाका रुपमा बताउँदै आएको नरहरीनाथ गाँउपालिकाको लालु, माल्कोट, रुप्सा, कोटवाडा, शान्नित्रिवेणी गाँउपालिकाको मुम्रा, पचालझरना गाँउपालिकाको खरकोट, खाद्रु, पलाँता गाँउपालिकाको खीन धौलागोह लक्षित गरी नेपाल प्रहरी र सशस्त्र प्रहरीले सयुक्त रुपमा गस्ती सुरु गरेको हो ।

कालिकोटका जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी बिनोद शर्माको नेतृत्वमा जिल्लाको शान्नित्रिवेणी गाँउपालिकाको मुम्रा लेक, रास्कोट हुँदै पचालझरनाको लेकाली क्षेत्रतिर र प्रहरी इन्सपेक्टर देवेन्द्रकुमार मल्लको नेतृत्वमा जिल्लाको नरहरीनाथ गाँउपालिका र शान्नित्रिवेणी गाँउपालिकातिर केन्द्रित गरी नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले गाँउमा नेकपाविरुद्ध अप्रेशन सुरु गरेको छ ।

नेकपाविरुद्धको गाँउ अप्रेशनमा रहेका डिएसपी शर्माले आफुहरुले गाँउमा स्थानीय नागरिकहरुसँग भेटघाट गर्दै नेकपाको कालिकोट जिल्ला कमिटीमा रहेका ८८ जना नेताहरुको घरघरमा पुगी गिरफ्तार गर्ने बताए । उनले भने, ‘हामीले गाँउमा नेकपाविरुद्ध अप्रेशन सुरु गरेका छौँ । कुनै पनि हालतमा चारैतिरबाट घेराबन्दी गरेर नेकपाको कालिकोटका नेताहरुलाई पक्राउ गर्छौँ ।’

कालिकोटका ग्रामिण स्तरमा नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरुले विभिन्न गतिविधि बढाएको र नेकपाविरुद्ध प्रहरीले गाँउमा अप्रेशन सुरु गरेपछि स्थानीय नागरिकहरु निकै त्रसित भएका छन् । २०५२ सालमा तत्कालीन नेकपा (माओवादी)ले सुरु गरेको दशबर्षे जनयुद्धको दर्दनाक पीडा भोगेका कालिकोटका नागरिकहरु पुन मुलुक द्वन्द्वमा जान्छ कि भन्ने अनुमान लगाउन थालेका छन् । गाँउमा नेकपाले गतिविधि बढाउनु र सरकार नेकपाप्रति दिन प्रतिदिन आक्रामक बन्नु, प्रहरी पनि गाउँ केन्द्रित हुनुले स्थानीय नागरिक द्वन्द्वको चपेटामा पर्ने डर सिर्जना भएको छ । अहिलेसम्म त्यहाँका जनताहरु भने दमनकाविरुद्ध प्रतिरोध गर्दै आइरहेका छन् ।

तर यता नेकपा कालिकोट ले प्रहरी दमनलाइ अनावश्यक भन्दै नसहनने प्रतिक्रिया दिएकाे छ । नेकपा कालिकोट का एक नेताले प्रहरी दमनबारे प्रतिक्रिया दिदै ‘सर्लाही घटना दाेहाेरिनेगरी प्रहरी आएको देखिन्छ कालिकोट मा त्याे सम्भव छैन बिगतमा राम्रोसँग असफल भएको प्रहरीले हामी सग लडने सामर्थ्य राख्दैन उनले भने’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार