logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

गाेरखा पुगेर बाबुराम बने ‘हली’ हेर्नुस् तस्बिर


  • राजनीति
  • आइतबार, असार १५ २०७६

समाजवादी पार्टीका अध्यक्ष तथा  पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भने रोपाई गर्न गृहजिल्ला गोरखा पुगेका छन् । उनले आफ्नो पुर्ख्यौली थलोमा रोपाई कार्यक्रममा सहभागी भएर १५ असार मनाए । पालुङछार नगरपालिका १ र सफल मल्टिपर्पोज कृषि फार्मको आयोजनामा रोपाई गरेर राष्ट्रिय धान दिवस मनाएको उनले ट्विटरमा उल्लेख गरेका छन् ।

रोपाई कार्यक्रममा भट्टराईले खेत साउने, बाउसे गर्ने र रोप्ने काम गरे । उनले किसानकै भेषमा छत्रे टोपी सर्ट र हाफ पाइन्ट लगाएर रोपाईमा सहभागी भएका थिए ।

सरकारले भने आजकाे धान दिवश बर्दियामा विभिन्न कार्यक्रम गरि मनाउने निर्णय गरेकाे छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार