logo बिहिबार, कार्तिक २७ २०८३ | Thursday 12th November 2026

राज्यको क्रूरुरता भन्दै नेकपाको बिज्ञप्ती


  • राजनीति
  • सोमबार, असार १६ २०७६

नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जनकपुर ब्यूरोले एक बिज्ञप्ती जारी गरेको छ । जनताको आन्दोलनमा सरकारले गरेको निर्मम दमन र हत्याको विरुद्ध भन्दै उक्त बिज्ञप्ती प्रकाशीत गरिएको छ । जनकपुर ब्युरो इन्चार्ज अरुणको हस्ताक्षरित बिज्ञप्तीमा दोषीलाइ कार्वाही गर्न माग गरिएको छ ।

यस्तो छ बिज्ञप्ती

नेपाल कम्युनिस्ट पार्टी, जनकपुर ब्युरोद्वारा २०७६ असार १६ गते प्रकाशित प्रेस विज्ञप्तिको पूर्ण पाठ-

मितिः २०७६ असार १६

प्रेस विज्ञप्ति

सर्लाही र महोत्तरीको सिमानामा रहेको बाँके खोलामा विगत २ दिनदेखि भएको घटनाले हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । यसबारे हाम्रो पार्टीको धारणा सार्वजनिक गर्न यो प्रेस वक्तब्य जारी गरिएको छ ।

१) बाँके खोलाको दुवै तर्फ ठेकदारहरुले प्रशासनसँग मिली सञ्चालित अबैध क्रसर उद्योगले ब्यापक मात्रामा प्राकृतिक दोहन र जथाभावी उत्खनन् गर्ने गरेकै कारण त्यहाँ बन्न गएको खाल्डोमा परी १२ बर्षीय अमितकुमार यादवको मृत्यु भएको छ । यसको विरोधमा आन्दोलित सर्वसाधारण जनसमुदायमाथि जनपथ र सशस्त्र प्रहरीले अन्धाधुन्द गोली चलाउँदा स्थानीय केवल महराको मृत्यु र दर्जनौं जनसमुदाय गम्भीर घाइते भएका छन् । हाम्रो पार्टी राज्यको त्यसप्रकारको स्वेच्छाचारी र क्रुरताको घोर विरोध तथा भत्र्सना गर्दछ । साथै मृतक परिवारलाई उचित क्षतिपूर्ती, घाइतेको शीघ्र उपचार र हत्यारालाई तत्काल कार्वाहीको जोडदार माग गर्दछ ।

२) बाँके खोलामा स्थानीय प्रशासन र केही जनप्रतिनिधिहरुलाई मोटो रकम खुवाई अत्याधिक प्राकृतिक दोहन गर्ने सम्पूर्ण क्रसर उद्योग तत्काल बन्द गर्न सम्बन्धित सबैलाई आग्रह गर्दछ, अन्यथा त्यससँग सम्बन्धित सबै पक्षको उचित भण्डाफोर र आवश्यक कार्वाही गर्न आम जनसमुदायका साथमा हाम्रो पार्टीले पहल कदमी अगाडि बढाउने छ ।

३) पुलिस प्रशासनको ज्यादती विरुद्ध स्थनीय जनताले गरेको प्रतिरोधप्रति हाम्रो पार्टीको पूर्ण ऐक्यवद्धता र उच्च सम्मान रहेको छ । तर त्यसलाई निहुँ बनाई हाम्रो पार्टीका कार्यकर्तालाई फसाउँन राज्यले गरेको षड्यन्त्रको पार्टी घोर निन्दा तथा भत्र्सना गर्दछ । जनताले स्वतस्फूर्त गरेको त्यो आन्दोलनको निहुँमा हाम्रो पार्टीका कार्यकर्तालाई फसाउने कोसिस गरिएमा पार्टीले त्यसको सशक्त प्रतिरोध गर्नेछ ।

४) क्रसर उद्योगका ठेकेदार, घुसिया जनप्रतिनिधि र प्रशासनका विरुद्ध आम जनसमुदायलाई अझ बढि भण्डाफोर गर्न र आवश्यक आन्दोलन गर्न हाम्रो पार्टी अपिल गर्दछ ।

अरुण
इन्चार्ज

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार