logo बिहिबार, कार्तिक २७ २०८३ | Thursday 12th November 2026

चर्चित युवा नेता नर बहादुर कार्की रिहा


  • राजनीति
  • सोमबार, असार १६ २०७६

बिश्व प्रख्यात जिवन प्रशिक्षक तथा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका युवा नेता नरबहादुर कार्की रिहा भएका छन । कार्कीलाइ राजधानीको बालुवाटारबाट गत सोमबार अपरान्ह करिब सवा पाँचबजे प्रहरीले पक्राउ गरेको थियो ।

चर्चित नेपाली फिल्म मालिका का निर्माता समेत हुन चर्चित युवा नेता तथा जिवन प्रशिक्षक नर बहादुर कार्कीलाई प्रहरीले रिहाई गरेको छ।

आज साँझ करिव ६ बजे जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई रिहाइ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

केही समय अघिदेखि उनी विप्लव नेतृत्वको नेकपाको समर्थनमा पनि अभिव्यक्ति दिँदै आइरहेका थिए । गत असार १० गतेलाई विप्लव नेकपाले घोषणा गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।

सकारात्मक सोचका अन्तराष्ट्रिय जीवन प्रशिक्षक तथा चलचित्र निर्माता समेत रहेका कार्की पक्राउको विरुद्धमा सामाजिक सञ्जालमा व्यापक असन्तुष्टिका आवाजहरू देखिएका थिए ।

एनसेलको करछलीको विरुद्धमा #No_Tax_No_Ncell को ह्याशट्याग सहित अभियानको नेतृत्व गरिरहेका कार्कीलाई नियन्त्रणमा लिनु न्यायोचित नभएको र तुरुन्तै विना शर्त रिहाईको लागि सामाजिक संजालमाआवाज उठिरहेका थिए ।
कार्की विप्लव नेतृत्वको नेकपाका नेता मात्रै नभएर सामाजिक अभियन्तासँगै अन्तर्राष्ट्रिय मोटिभेटर समेत हुन्। राजधानीको नेपाल हाउसबाट प्रहरीले पक्राउ गरेको एक सुत्रले जानकारी दिएको थियो ।

को हुन नर बहादुर कार्की

चर्चित युवा अभियन्ता तथा अन्तर्राष्ट्रिय जिवन प्रशिक्षक नर बहादुर कार्की गत मंसिर ८ गते विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा आवद्ध भएका हुन । पार्टी पुनर्गठन दिवसका अवसरमा काठमाडौँमा आयोजित विशाल जनसभा बाट उनि प्रवेश गरेका हुन । जिवन प्रशिक्षकका रुपमा ससार भर आफ्नो परिचय बनाउन सफल उनि बिश्वका प्राय मुलुकका युवाको र जनता बिच स्थापित छन ।

आफ्नो बेग्लै ज्ञान, क्षमता र प्रतिभाले बिश्वमा चर्चा बटुलीसकेका य कार्की ले हाल सम्म ३ लाख बढी मान्छेहरुलाइ पिडा,उत्पिडन बाट मुक्त हुन प्रशिक्षण दिइसकेका छन । जाजरकोटमा जन्मेका उनि बिश्वका उत्कृष्ट प्रशिक्षकहरु मध्य पर्दछन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार