logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

नेकपा संसदीय दलको बैठकमा चर्काचर्की !


  • राजनीति
  • मंगलबार, असार १७ २०७६

नेपाल कम्युनिष्ट पार्टी संसदीय दलको बैठकमा सरकारको चर्को आलोचना भएको छ । सिंहदरबारस्थित नेकपा संसदीय दलमा बसेको बैठकमा सांसदहरुले सरकारको कामकारबाहीप्रति आपत्ती जनाएका छन् ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डसमेतको उपस्थितिमा बैठक चलिरहेको छ । बैठकमा दुवै अध्यक्षले सांसदहरुको भनाई सुनिरहेका छन् ।

बैठकमा सहभागी एक सांसदका अनुसार सरकारको निर्णयहरु विवादमा परेको भन्दै गम्भीर हुन भनेका हुन् । सरकारले ल्याएका विधेयकहरु पर्याप्त छलफल र गृहकार्य विना ल्याउँदा सरकारमात्र नभई पार्टी समेत बदनाम हुने खतरा बढेको औल्याएका थिए ।

सरकारको कमी कमजोरीको समिक्षासहित कामकारबाहीमा सुधार गर्नुपर्नेमा सांसदहरुले जोड दिएका थिए । उनीहरुले संसदीय दलको बैठक नियमित नबसेकोमा समेत गम्भीर आपत्ती जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार