logo बिहिबार, कार्तिक २७ २०८३ | Thursday 12th November 2026

प्रकाश दाहालको जन्मजयन्ती, त्यो बेला प्रचण्डलाइ ‘रअ’ को धम्की के थियो ?


  • राजनीति
  • मंगलबार, असार १७ २०७६

पोखरा- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको ३८ औं जन्मजयन्ती मनाइएको छ।

राष्ट्रियसभामा आयोजित सोही अवसमा प्रकाश दाहाल प्रतिष्ठानले ‘प्रकाश दाहाल साहसिक सगरमाथा सम्मान’ कार्यक्रम समेत आयोजना गरेको छ। प्रतिष्ठानले पाँच जनालाई सम्मान गरेको छ।

प्रतिष्ठानकी अध्यक्ष प्रकाशकी जीवनसाथी एवं खानेपानी मन्त्री बिना मगर हुन्। प्रकाश अध्यक्ष प्रचण्डका स्वकिय सचिव समेत थिए। दाहालको २०७४ साल मंसिर ३ गते हृदयघातको कारण निधन भएको थियो।प्रचण्ड भने सो अवसरमा निक्कै भावुक देखिन्थे। उनको अनुहारमा प्रस्टै देखिन्थो। कार्यक्रममा माधव कुमार नेपाल, ऊर्जा मन्त्री वर्षामान पुनलगायत नेता तथा कार्यकर्ता उपस्थित थिए।

उक्त समय वरिपरि आएको समाचार यस्तो थियो ।

प्रचण्डलाई भारतीय जासुसी संस्था ‘राइट एनालाइसिस विङ्ग ‘रअ’ का प्रतिनिधिको धम्की

प्रकाशको निधन पछी एउटा कुरा निकै चर्चामा रह्यो प्रचण्डलाई भारतीय जासुसी संस्था ‘राइट एनालाइसिस विङ्ग ‘रअ’ का प्रतिनिधिले धम्की दिएको खुलासा।

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डलाई भारतीय जासुसी संस्था ‘राइट एनालाइसिस विङ्ग ‘रअ’ का प्रतिनिधिले धम्की दिएको खुलासा भएको थियो।अनलाइन डबली डटकमले सो समाचार लेखेको थियो।

भारतीय विदेशीमन्त्री सुष्मा स्वराज नेपाल आउनुभन्दा केही दिनअघि मात्रै रअका प्रतिनिधिले धम्की दिएका थिए । धम्कीलगत्तै स्वराजको नेपाल भ्रमण भएको स्रोतले जनायो ।

उच्च स्रोतका अनुसार नेपाली काँग्रेसको प्रस्तावमा प्रधानमन्त्री बन्न प्रचण्ड तयार नभएपछि रअले धम्की दिएको हो । उसले काँग्रेसको प्रस्तावमा प्रचण्डलाई पाँच वर्षसम्म प्रधानमन्त्री बन्न दवाव दिएको थियो । माके अध्यक्ष प्रचण्डले आफू तत्काल वाम गठबन्धन तोड्न सक्ने अवस्थामा नभएको भन्दै काँग्रेस र रअको प्रस्तावलाई अस्वीकार गरेपछि रअका प्रतिनिधिले प्रचण्डलाई धम्की दिएको स्रोत दाबी छ ।

“एमालेसँग पार्टी एकता गर्दा प्रधानमन्त्री पाइन्छ ? भन्दै रअका प्रतिनिधिले प्रचण्डलाई प्रश्न गरेका थिए । जवाफमा प्रचण्ड अकमकाउँदै तत्काल वाम गठबन्धन तोड्न नसक्ने बताएपछि उनीहरुले आक्रोसित भएका थिए” स्रोतले भन्यो । उपचारको क्रममा हङकङमा पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी ओलीलाई भेट्ने ‘रअ’ का एजेन्टमध्येका एक भएको स्रोतले बतायो ।

सोही क्रममा प्रचण्डलाई नेपालमा भारतको इसाराबेकर सरकार गठन नसक्ने र भएमा धेरै समय नटिक्ने घुमाउरो चेतावनी दिइएको थियो ।


स्रोतका अनुसार प्रचण्डले आफूहरुलाई वाम एकता र वाम सरकारको एजेण्डामा जनताले मत दिएको धारणा राखेको र सोलगत्तै रअका प्रतिनिधिले “तपाईँको छोरा बेडमा हामी पुगेको कुरा तै थाहै होला नि ?” भन्दै प्रचण्डलाई मनोवैज्ञानिक तथा भौतिक धम्की समेत दिएका थिए । यो कुरा प्रचण्डले पार्टीको केही विश्वासपात्रहरुलाई समेत शेयर गरेको बताइन्छ । रअको धम्कीपछि प्रचण्ड निकै दवावमा रहेका छन् ।


उपचारका सिलसिलामा एजेन्टसँग भेट गरेपछि यता ओलीले भारतसँग नरम बनेको र सोहीमुताविक उनैले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दूतको रुपमा स्वराजलाई नेपाल बोलाएको स्रोतको दाबी छ । सो कुरा ओलीले स्वराजसँग सोल्टी होटलमा गरिएको भेटपछि स्वराजको नेपाल भ्रमण कसको निम्तामा भएको ? भन्ने पत्रकारको जवाफमा ‘मैले बोलाएको हुँ’ भन्ने मसिनो स्वरमा प्रतिक्रिया दिएका थिए ।

त्यसअघि भारतको स्वार्थलाई आफूले सधैं कुल्चँदै आएको र आफूलाई ‘राष्ट्रवादी’ बताउने ओली बैंककमा उपचार गरेर फर्किएयता मोदीसँग टेलिफोन वार्ता समेत भइसकेको छ । उक्त टेलिफोन समेत मोदी नभई ओली स्वयम्ले गरेको उनीनिकट स्रोतले जनाएको छ । तर, बालकोटस्थित ओली निवासबाट भने मोदीले नै ओलीलाई फोन गरेको दाबीसहित सामाचार दिइएको थियो । स्वराजको भ्रमणपछि ओली र प्रचण्ड पार्टी एकताबारे निर्णयमा पुग्न निकै अप्ठ्यारोमा परेको बताइन्छ ।

स्मरण रहोस् गत २०७४  मंसिर २ गते राति प्रचण्डका एक्ला पुत्र प्रकाश दाहालको ‘रहस्यमय’ मृत्य भएको थियो । प्रचण्ड प्रतिनिधिसभाका निर्वाचनको प्रचारप्रसार गर्ने क्रममा मोरङको विराटनगरमा रहेका बेला राजधानीको लाजिम्पाटस्थित निवासमा उक्त रात एक्लै सुतेको बेला कोठामा प्रकाशलाई शरीर चिसो अवस्थामा भेटेको बताइएको थियो ।

उपचारका लागि थापाथलीस्थित नर्भिक इन्टर नेश्नल हस्पिटलमा पुर्याइएको र तत्कालै हस्पिटलले प्रकाशको मृत्यु केही घण्टापहिल्यै भएको जनाएको थियो । त्यसलगत्तै प्रकाशको मृत्यु ‘षड्यन्त्रमूलक’ भएको भन्दै छानबिनको माग सर्वसाधारण तहबाटै भएको थियो । जसको कुनै सुनुवाई भएको छैन । प्रकाशको शवको पोष्टमार्टम नगरी अन्त्यष्टी गरिँदा थप शंका पैदा भएको थियो । रअका प्रतिनिधिको धम्कीले त प्रकाशको मृत्युबारे पनि नयाँ धारण विकास गराएको छ ।

अध्यक्ष प्रचण्डले पनि पटक पटक वाम गठबन्ध तोड्‍न अाफूलाई ठूलो दवाव अाएको बताउँदै अाएका छन् ।

पोस्टमार्टम नै नगरेर अन्त्येष्टि,‘प्रकाशको मृत्यु प्रकरणको केसमा पोस्टमार्टम गराउनै पथ्र्यो,’ डा. रेग्मी 

आईतबार बिहान प्रकाश दाहालको अकस्मात निधन भयो । अचेत अवस्थामा बिहान ५ बजेर ५० मिनेटमा अस्पताल पु-याईएका दाहाललाई नर्भिक अस्पतालका डाक्टरले ६ बजे मृत घोषणा गरे ।

चिकित्सकहरुले बताए अनुसार दाहालको मृत्यु घोषणा गर्नु भन्दा तीन घण्टा अगाडी अथवा बिहान ३ बजेतिर निधन भएको हो ।

नर्भिकका चिकित्सकहरुले हृदयघातका कारण प्रकाश दाहालको निधन भएको पुष्टी गरेपनि व्यक्ति पिच्छे उनको निधन कसरी भयो भन्ने विषयमा प्रश्न उठिरहेका छन् ।

ति मध्ये फरक मत राख्नेमा हुनुहुन्छ वरिष्ठ मुटुरोग विशेषज्ञ डा। प्रकाशराज रेग्मी । ‘के कारणले मृत्यु भएको हो भन्ने त थाहै लाग्न पाएन,’ डा। रेग्मीले भने, पोस्टमार्टम नै नगरेर अन्त्येष्टि गरिदिएपछि अब त्यो कारण पत्ता लाग्ने बाटो पनि सदाको निम्ति बन्द भयो ।

डा। रेग्मी कै भनाईलाई आधार मान्ने हो भने प्रकाशको मृत्यु ‘हर्ट अट्याक’ का कारण भएको भन्नु गैरजिम्मेवारपूर्ण र नर्भिक अस्पतालका डाक्टरहरुका लागी जोगिने आश मात्रै भएको बुझ्न सकिन्छ ।

‘हृदय गति रोकिनुको थुप्रै कारणमध्ये एक हर्ट अट्याक पनि हुनसक्छ,’ डा। रेग्मीले भने, ‘तर, पोष्टमोर्टम नगरीकनै हर्ट अट्याकबाटै मृत्यु भएको हो भनिनु अपरिपक्वता मात्र हो ।’

‘हृदयगति बन्द’ भएर मृत्यु भएको भनियो भने त्यसलाई मुटुसँग जोड्न सकिन्छ । तर, जसको पनि मृत्यु हृदयगति रोकिएपछि नै हुने भएका हुनाले त्यो रोकिनुको कारणचाहिँ पत्तै लाग्न पाएन ।

हृदयघातबाटै प्रकाशको निधन भएको हो भन्ने कुरामा उनि पुरै असहमत भने हुँदै होईनन्, डा। रेग्मीकै शब्दमा भन्ने हो भर्ने त्यसो त यो उमेर समूहका मानिसहरू दिनदिनै मुटुरोगकै कारण मृत्यु भइरहेको केस भने पछिल्लो समयमा अत्यधिक बढेको छ ।’ ‘हार्ट अट्याक त्यत्तिकै हुँदैन,’ उनी भन्छन, ‘पहिले त त्यसका पूर्वाधारहरू शरिरमा देखिनु पर्छ।’

‘हर्ट अट्याक’बाहेक यसरी मुटुको धड्कन अचानक रोकिने अन्य कारणहरुमा ‘अत्यधिक रक्सी सेवन, अचानक रक्तचाप बढेर ठूलो मष्तिष्कघात भएको हुन सक्ने डा। रेग्मीले बताए । ‘वैदेशिक रोजगारीमा जाने थुप्रै नेपालीको मृत्यु पनि यसरी सुत्यासुत्यै हृदयगति रोकिएर हुने गरेका छन जसका थुप्रै कारण हुने गर्छ।’

‘प्रकाशको मृत्यु प्रकरणको केसमा पोस्टमार्टम गराउनै पथ्र्यो,’ डा। रेग्मी भन्छन, ‘यति तन्नेरी मान्छे यसरी किन मृत्यु भयो भनेर मेडिकल साइन्सले पनि थाहा पाउनु पर्ने कुरा थियो ।’

विदेशमा यस्तो खालको केसहरुमा अनिवार्य पोस्टमार्टम हुने गरेको उनले बताए । डा। रेग्मीका अनुसार कसै कसैको मुटुमा ‘ब्रुगाडा सिन्ड्रोम’भन्ने पनि हुन्छ, जसमा एक किसिमको करेन्ट बग्ने सिस्टमको डिफेक्ट पनि हुन सक्छ। जन्मजातै आउने त्यस्ता बिरामी अचानक इमोसनमा आउँदा, अलिकति मदिराको मात्रा बढ्दा पनि मृत्यु नै हुनेगरी मुटुको धड्कन बिग्रन पनि सक्छ।

‘त्यसबाट अचानक मान्छेको मृत्यु नै भइदिने सम्भावना बढी हुन्छ,’ डा। रेग्मी भन्छन, ‘बरु हर्ट अट्याकबाट अचानक मृत्यु हुने सम्भावना कम हुन्छ ।’

पोस्टमार्टम गरिदिएको भए मृत्युको कारण पत्ता लाग्ने डा। रेग्मीको कथन छ । जस्तो कि हर्ट अट्याक भनिएको छ । त्यसको निम्ति मुटु खोलेर हेर्नेबित्तिकै तीन वटा मुख्य रक्तनली हेर्दा कहाँ रगतको थेग्रा जमेको रहेछ भनेर हेर्न सकिन्थ्यो । अनि बल्ल हर्ट अट्याक भन्न सकिन्थ्यो ।

‘मुटुमा समस्या नदेखिएको भए मस्तिष्क खोलेर हेर्न सकिन्थ्यो,’ उनी भन्छन, ‘रक्तश्राव देखिए स्ट्रोक भएको रहेछ भनेर थाहा पाइन्थ्यो ।’
त्यसैगरी रगतको टिस्युहरूको बायोकेमिकल जाँच गरेर स्ट्रोक किन भयो भनेर कारण खोज्न सकिन्थ्यो । कुनै औषधिकै मात्रा अचानक धेरै खाइदिएको पो हो कि भन्ने पनि पत्ता हुनसक्थ्यो । कुनै कारणले पेटको ठूलो नसा ‘आओर्टा’ मा क्षति भएर पेटभरि रगत जमेकै कारण पनि मृत्यु हुन सक्थ्यो ।

‘यस्ता असंख्य कारण पत्ता लगाउन मिल्ने पोस्ट मार्टम गराउँदै गराइएन,’ उनी भन्छन, ‘त्यसो नभएको अवस्थामा ‘हर्ट अट्याक’भन्ने सजिलो उपाय अपनाइयो ।’

यतिबेला गंगालाल अस्पतालमै पनि दैनिकजसो औसत चार जना मुटु रोगका बिरामी पचास वर्षभन्दा मुनिका आइरहेको र त्यसमध्ये आधाको मृत्यु भइरहेको उनले बताए ।

तर, ‘हार्ट अट्याक’भन्नु सजिलो हुने भएकाले जसले पनि यो नाम प्रयोग गरिदिन्छन । यो बहुप्रचलित शब्द भएकाले मान्छेले सजिलै विश्वास गरिदिने र यसो गर्दा मृत्युको कारण सजिलै छोपिने गरेको पनि उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार