logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

विप्लवका बिद्यार्थी नेताको घरमा पुर्जी टाँस , कडा प्रतिरोध गर्ने क्रान्तिकारीको चेतावनी


  • राजनीति
  • मंगलबार, असार १७ २०७६

नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य शंकर महराको घरमा प्रहरीले पक्राउ पुर्जी टास गरेको छ । पक्राउ पुर्जी टास गरेपछि क्रान्तिकारी महाकाली ब्यूरोले एक बिज्ञप्ती जारी गरी उक्क्त कदमको निन्दा र भत्सना गरेको छ ।

असार १७ गतेका दिन साझ ०४ बजे केन्द्रिय सदस्य शंकर महरा को घर भिनपा १५ कंचनपुरमा पुर्जी टास गरेको छ । जिल्ला अदालत कंचनपुर बाट जिप्रका कंचनपुरले झुठो मुद्दा बनाएर पक्राउ पुर्जी जारी गरि घरमा टासिंएको भन्दै क्रान्तिकारी का केन्द्रिय सचिवालय सदस्य तथा महाकाली ब्युरो इन्चार्ज बिरेन्द्र शाहले उक्त्त घटना असाध्यै निन्दनीय र घृणा गर्न लायक त्यसको जति निन्दा गरेपनी कम हुने खालको प्रतिक्रिया दिएकाछन ।

बिज्ञप्तीमा भ्रष्टाचारिहरु , बलात्कारीहरु , करछ्ल्नेहरु ,राष्ट्र विरोधी अपराधीहरु लाई संरक्षण गर्ने र देश र जनताका हकहित का लागि लडने क्रान्तिकारीहरु माथी दमन , धरपकड ,झुठा मुद्दा , गिरफ्तार गरि हत्या गर्ने कुर्कममा सरकार लागेको भन्दै यो सरकार कथीत कम्युनिस्टको मात्र रहेको उल्लेख गरेकाछन ।

सरकारले आफैले बनाएको कानुनको समेत धज्जी उडाएर षड्यन्त्र पुर्वक तरिकाले विद्यार्थीनेता माथि धरपकडको कुचेष्टा राखेको क्रान्तिकारीको आरोप छ ।

क्रान्तिकारी महाकाली ब्युरोले यस्ता मानवअधिकार विरोधी , मानिसको अभिव्यक्ति स्वतन्त्रता विरोधी , मानिसको बाच्ने पाउने , लेख्न ,बोल्न र पढन पाउने आधिकारका विरुद्धमा गरिएका षड्यन्त्र पुर्ण हर्कत रोक्न संबंधित जिल्ला प्रशासन कार्यलय , जिल्ला प्रहरी कार्यलय र संबंधित सबैको विशेष ध्यान आक्रषण गराएको छ ।

साथै बिज्ञप्तीमा जनविरोधी विरोधी क्रियाकलाप का विरुद्धमा उभिन सम्पुर्ण मानवअधिकारकर्मी , पत्रकार , बुद्धिजीवी , देशभक्त नागरिकहरु लगायत सबै आमजनसमुदायमा आव्हान समेत गरेको छ । क्रान्तिकारीले संबंधित निकायले उक्त झुठो र षड्यन्त्र पुर्वक कदम नरोके निर्मम संघर्ष गर्ने समेत घोषणा गरेको छ ।

अखिल नेपाल स्वतन्त्र राष्ट्रिय विद्यार्थी युनियन(क्रान्तिकारी)
महाकाली क्षेत्रीय समन्वय समितीले जारी गरेको बिज्ञप्तीको पुर्ण पाठ

 

हाम्रो गौरवशाली सङ्गठन अखिल ( क्रान्तिकारी ) शैक्षिक विकृती र विसङ्गती का विरुद्धमा निरन्तर संघर्षरत रहेको सबैमा सर्वविदितै छ ।
आज मिति २०७६-०३-१७ गतेका दिन साझ ०४ बजे सङ्गठन का केन्द्रिय सदस्य कमरेड शंकर महरा को घरमा भिनपा १५ मा जिल्ला अदालत कंचनपुर बाट जिप्रका कंचनपुरले झुठो मुद्दा बनाएर पक्राउ पुर्जी जारी गरि घरमा टासिंएको घटना असाध्यै निन्दनीय र घृणा गर्न लायक त्यसको जति निन्दा गरेपनी कम हुन जान्छ । अहिले देश केपि बादल कम्पनी द्वारा श्वेत आतंक मच्चाईएको छ । भ्रष्टाचारिहरु , बलात्कारीहरु , करछ्ल्नेहरु ,राष्ट्र विरोधी अपराधीहरु लाई संरक्षण गर्ने र देश र जनताका हकहित का लागि लडने क्रान्तिकारीहरु माथी दमन , धरपकड , झुठा मुद्दा , गिरफ्तार गरि हत्या गर्ने कुर्कम मा कथीत कम्युनिस्टको सरकार लागि परेको छ ।
विद्यार्थीहरुको हकहितका लागि संघर्षरत विद्यार्थी नेता सङ्गठन का केन्द्रिय सदस्य कमरेड शंकर महराको घरमा टासिंएको पक्राउ पुर्जिले मानिसको अभिव्यक्ति स्वतन्त्रता , सङ्गठित भई न्यायका पक्षमा बोल्न पाउने नैसर्गिक अधिकार र मानवअधिकारको ठाडो उल्लंघन गरेको छ साथै दलालहरुले आफैले बनाएको कानुनको समेत धज्जी उडाएर षड्यन्त्र पुर्वक तरिकाले विद्यार्थीनेता माथि धरपकडको कुचेष्टा राखेका छ्न ।
यस्ता मानवअधिकार विरोधी , मानिसको अभिव्यक्ति स्वतन्त्रता विरोधी , मानिसको बाच्ने पाउने , लेख्न ,बोल्न र पढन पाउने आधिकारका विरुद्धमा गरिएका षड्यन्त्र पुर्ण हर्कत रोक्न संबंधित जिल्ला प्रशासन कार्यलय , जिल्ला प्रहरी कार्यलय र संबंधित सबैको विशेष ध्यानाकर्षण गराउदै छौ । र साथै जनविरोधी विरोधी क्रियाकलाप का विरुद्धमा उभिन सम्पुर्ण मानवअधिकारकर्मी , पत्रकार , बुद्धिजीवी , देशभक्त नागरिकहरु लगायत सबै आमजनसमुदायमा हार्दिक अपिल गर्दछौं । साथै संबंधित निकायले उक्त झुठो र षड्यन्त्र पुर्वक कदम नरोके निर्मम संघर्ष गर्ने जानकारी यसै प्रेस विज्ञप्ति मार्फत सम्प्रेषण गर्दछौं ।
क्रान्तिकारी अभिवादन सहित

विरेन्द्र शाह
संयोजक अखिल क्रान्तिकारी महाकाली ब्युरो

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार