राजनीति
पोखरा- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई समाजवादी पार्टी नेपालका अध्यक्ष डा। बाबुराम भट्टराईले कटाक्ष गरेका छन् । प्रचण्डले पीएचडीको ज्ञान कम्युनिस्ट पार्टीलाई मात्रै काम लाग्ने टिप्पणी गरेको केही समयपछि नै अध्यक्ष भट्टराईले कटाक्ष गरेका हुन् ।
‘‘कमरेड दीपक मनाङे जस्ता ‘बौद्धिक’ भएको ‘कमाउनिस्ट’ पार्टीमा अरू बौद्धिकहरू पनि आवस्यक पर्छ र ?,’’ उनले ट्विट गर्दै भनेका छन् ।
समाजवादी पार्टी परित्याग गरेर नेकपामा प्रवेश गरेका नेताहरुको स्वागत गर्दै प्रचण्डले भट्टराईलाई समाजवादी आन्दोलनले सकारात्मक परिणाम नदिएको भन्दै नेकपामै प्रवेश गर्न आग्रह गरेका थिए । डा। भट्टराईको पीएचडीको ज्ञान पनि कम्युनिस्ट पार्टीलाई नै काम लाग्ने प्रचण्डको टिप्पणी थियो ।
अहिले नेपालमा जता काफल पाक्यो उतै चरी नाच्यो शैली मौलाएको छ
यसै गरी पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले अर्को ट्वैट गर्दै अहिले नेपालमा जता काफल पाक्यो उतै चरी नाच्यो शैली मौलाएको टिप्पणी गरेका छन् । उनले शुक्रबार ट्विट गर्दै भनेका छन्, ‘‘यतिबेला जता काफल पाक्यो उतै चरी नाच्यो प्रवृत्ति निकै मौलाउँदैछ । डनहरु, व्यापारीहरु, क्रान्तिबाट थाकेकाहरु सत्ताधारी पार्टी पसेर रस चुस्न होडबाजी गर्दैछन् । सपा (समाजवादी पार्टी)बाट नेकपा पस्न लागेका केहीले यता घुर्क्याएर पद लिने र उता अध्यक्षसँग अलगअलग बार्गेन गरेर राम्रै लाभ लिन लागेछन् । भलो होस् ।’’
उनको पार्टी छोडेर जाने नेताहरु तर्फ डा। भट्टराईले संकेत गरेका हुन् । फोरमसँगको एकताबाट असन्तुष्ट कल्पना धमलालगायत नेताहरु नेकपामा प्रवेश गरेका छन् ।