logo बिहिबार, कार्तिक २७ २०८३ | Thursday 12th November 2026

पिएचडीको ज्ञान कम्युनिष्टलाई काम लाग्छ भन्दै बाबुरामलाई नेकपा प्रवेश गर्न प्रचण्डको सुझाव


  • राजनीति
  • शुक्रबार, असार २० २०७६

पोखरा- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना राजनीतिक गुरुलाई सम्झेका छन। माओवादी आन्दोलनबाट आएकाहरू पार्टी प्रवेश गरिरहँदा उनले अचानक आफ्ना राजनीतिक गुरु मोहन वैद्य, अर्धभूमिगत नेता मोहनविक्रम सिंह, सदावहार प्रतिपक्षी नारायणमान विजुक्छे रोहितको सम्झेका हुन।

समाजवादी आन्दोलन र डा। बाबुराम भट्टराई र उपेन्द्र यादवको पार्टी समाजवादी पार्टी परित्याग गरी नेकपामा मिसिन आइपुगेका देवेन्द्र पराजुली, कल्पना धमलासहितका नेतालाई नेकपामा स्वागत गर्दै प्रचण्डले भने, “मेरो राजनीतिक गुरु पनि हुनुहुन्छ मोहन वैद्य ! उहाँलाई के दिएर कसरी सम्झाउन सकिन्छ ? चित्रबहादुर केसी, मोहनविक्रम सिंहलाई कसरी सम्झाउन सकिएला ?”

त्यस्तै उनले डा। बाबुराम भट्टराईको समाजवादी आन्दोलनले पनि सकारात्मक परिणाम नदिएको भन्दै नेकपामै प्रवेश गर्न आग्रह गरे । डा। बाबुरामको पीएचडीको ज्ञान पनि कम्युनिस्ट पार्टीलाई नै काम लाग्ने प्रचण्डको टिप्पणी थियो ।

शान्ति प्रक्रिया तुहाउन खोजे

यसै गरी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया तुहाउन खोजेको भन्दै आपत्ति पनि जनाएका छन् । शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा भएको कार्यक्रममा प्रचण्डले शान्ति प्रक्रिया तुहाउन खोजेको भन्दै सचेत रहन आग्रह गरे । विश्वकै सफल ठहरिएको शान्ति प्रक्रियालाई अप्ठ्यारोमा पार्नेगरी, बीचमै असफल बनाउनेगरी बाल सैन्य (जनुयुद्धताकाका) लेनिन विष्टलाई युरोप भ्रमण गराइएको र कसरी असफल बनाउन सकिन्छ भनेर केही शक्ति लागि परेको उनले बताए ।

त्यस्तै शक्तिले पार्टी एकता प्रक्रियालाई पनि अप्ठ्यारोमा पार्न खोजेको उनको निष्कर्ष थियो । “शान्ति प्रक्रिया तुहाइदिन सकिन्छ कि ? पार्टीभित्र झगडाको आविष्कार गर्न सकिन्छ कि, तीललाई पहाड बनाउन सकिन्छ कि, नेतैपिच्छे आरोपित गराएदिएर हुन्छ कि, यहाँहरूले स्पष्टै देखिरहनुभएको छ नि, युरोप, कहाँकहाँ घुमाइएको छ,” उनको भनाइ थियो ।
त्यस्तो अभ्यासले केही व्यक्तिलाई फाइदा हुने, शान्ति प्रक्रिया टुंगोमा नपुगे उद्योग–धन्दा फस्टाइरहने भए पनि देशका लाथि घातक कसरत हुने उनको टिप्पणी थियो । उनले शान्ति प्रक्रियाका खाटा बसिसकेको घाउलाई चिथोरेर, कोपरेर, आलो तुल्याउने र क्यान्सरझैँ फैलाउन खोजिएको समेत बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार