logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

ओली सरकारको निर्देशन विरुद्ध रन्जित तामाङको बिज्ञप्ती


  • राजनीति
  • आइतबार, असार २२ २०७६

छिमेकी मुलुक भारतबाट आयात हुने तरकारीको भन्सार विन्दुमा भइरहेको विषादी परीक्षण कार्य तत्कालका लागि स्थगित गर्ने सरकारको निर्णयप्रति सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भ्रातृ संगठन अनेरास्ववियुले आपत्ति जनाएको छ ।

अनेरास्ववियुका कार्यबाहक संयोजक रञ्जित तामाङले सरकारको भारतवादी निर्णय संविधानविपरीत भएको दाबी गरिएको छ । तामाङले विज्ञप्ति मार्फत सरकारको निर्णय संविधानको धारा ३६ को खाद्य सम्बन्धी मौलिक हकको मर्मविपरीत रहेको दाबी गरेका छन ।

विज्ञप्तिमा भनिएको छ ‘यो निर्णयबाट सरकार र सरकारका निकाय प्रत्यक्ष वा परोक्ष रूपमा कतै अनुचित विदेशी दबाबमा परेर पछि हटेका त हैनन् भन्ने गम्भीर आशंका समेत पैदा भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यसर्थ कुनै पनि शक्ति केन्द्रको अनुचित दबाबमा नपरी आयतित विषाक्त फलफूल र तरकारीको सीमा क्षेत्रमा परीक्षण गरेर मात्र प्रवेश गराउने पूर्ववतः निर्णयमा अडिग रहन नेपाल सरकार र अन्य सम्बद्ध मन्त्रालय समक्ष जोडदार माग गर्दछौँ।’

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार