logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

भुमाफियालाइ कार्वाही गर्ने निष्कर्ष सहित विप्लव सेमकाे बैठक सम्पन्न


  • राजनीति
  • सोमबार, असार २३ २०७६

सरकारद्वार प्रतिबन्धित नेकपाले भ्रष्ट स्थानीय  निकाय तथा विभिन्न खालका तस्कर दलाल हरु माथी कार्वाही गर्ने घाेषणा गरेकाे छ। नेकपा सेतिमकहाली ब्युराे काे सम्पन्न बैठकले उक्त निर्णय गरेकाे हाे ।

बैठकले सरकारी प्रतिबन्धलाई स्थानीय स्तरबाट खारेजगर्दै प्रतिरोध तयारी का लागि सबैमा अपिल गरेकाे छ । बैठकले कथित वैज्ञानिक वन व्यवस्थापन काे नाममा केही निश्चित दलाल काठ व्यवसायी, सामुदायिक वनका पदाधिकारी, संसदवादी दलका भ्रष्ट नेता कार्यकर्ता र कमिशनखाेर कर्मचारीकाे मिलेमतोमा अन्तर्राष्ट्रिय मापदण्ड विपरित पर्यावरण नै नाश हुनेगरी कैलाली, कञ्चनपुर, चुरे र केही पहाडी जिल्लाका वनहरुमा जथाभावी रुख कटानी भएकोले यसलाई कडाइसाथ राेक्ने र दाेषि उपर कार्वाही गर्ने निर्णय बैठकले गरेको छ । साथै अनाधिकारिक रुपमा जथाभावी गिटी बालुवा उत्खनन र निकासी गर्ने, अन्य प्राकृत्तिक सम्पदा माथिको दाेहन र तस्करीलाई पनि नियन्त्रण गर्ने जनाएकाेे छ।

सेतिमहाकाली ब्युराे इन्चार्ज ओमप्रकाश पुन निर्माणले प्रेस बिज्ञाप्ती जारी गर्दै निर्णयहरु सार्वजनिक गरेका छन

 

यस्तो छ प्रेस बिज्ञाप्ती 

हाम्रो महान तथा गाैरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी सेती महाकाली ब्युरोकाे बैठक भरखरै सम्पन्न भएको छ । बैठकले लिएका केही सार्वजनिक महत्त्वका निर्णयहरूलाई सार्वजनिक जानकारीका लागि याे प्रेस विज्ञप्ति जारी गरिएको छ । जाे निम्न वमाेजिम छन् ।
१) सर्वप्रथम त सेती र महाकाली ब्युरोकाे एकीकरण पश्चात बसेकाे पहिलो बैठकले जनक्रान्तिका महान शहिदहरु प्रति भावपुर्ण श्रद्धाञ्जली सहित बेपत्ता तथा घाइते याेद्धाप्रति उच्च सम्मान ब्यक्त गर्दै भरखरै मात्र एकीकृत जनक्रान्तिकाे क्रममा बलिदान गर्नुहुने कमरेडहरु कुमार पाैडेल, महान, प्रज्वल शाही, तिर्थ घिमिरे, निरन्तर, दिपेन्द्र लगाएतका शहिदहरुकाे संझनामा शाेक प्रस्ताव पारित गरेको छ । साथै बैठकले शहिदहरुकाे नाममा निर्माण गरिने प्रतिष्ठान, अक्षय कोष र शहिदपरिवारलाई अार्थिक एवं भाैतिक सहयोग गर्ने निर्णय पनि गरेको छ ।
२) बैठकले राज्यलाई अर्बौं कर नतिर्ने र उपभाेक्तालाई ठग्ने Ncell का बिरुद्ध No Tax No Ncell काे एनसेल बहिसष्कार अभियानलाई अगाडि बढाउने र त्यस अभियानमा अाम जनसमुदायलाई साथ दिन अपिल गर्ने निर्णय गरेको छ ।
३) कथित वैज्ञानिक वन व्यवस्थापन काे नाममा केही निश्चित दलाल काठ व्यवसायी, सामुदायिक वनका पदाधिकारी, संसदवादी दलका भ्रष्ट नेता कार्यकर्ता र कमिशनखाेर कर्मचारीकाे मिलेमतोमा अन्तर्राष्ट्रिय मापदण्ड विपरित पर्यावरण नै नाश हुनेगरी कैलाली, कञ्चनपुर, चुरे र केही पहाडी जिल्लाका वनहरुमा जथाभावी रुख कटानी भएकोले यसलाई कडाइसाथ राेक्ने र दाेषि उपर कार्वाही गर्ने निर्णय बैठकले गरेको छ । साथै अनाधिकारिक रुपमा जथाभावी गिटी बालुवा उत्खनन र निकासी गर्ने, अन्य प्राकृत्तिक सम्पदा माथिको दाेहन र तस्करीलाई पनि नियन्त्रण गर्ने निर्णय पनि बैठकले लिएको छ ।
४) बैठकले पछिल्लोपटक मेलम्चीको ठेक्का प्रकरणमा भएको ठाडो भ्रष्टाचार, त्रिभुवन विश्वविद्यालय काे सेवा अायाेगमा भएको नम्बर घटबढ काे घटना र टेलिकममा भएको फाेर जि घाेटाला जस्ता विषयमा ध्यान केन्द्रित गर्दै सेती महाकालीका स्थानीय निकायमा भईहेको भ्रष्टाचार, चर्को करबृद्धी, महंगी, वित्तीय संस्थाको नाममा भईरहेको लुटपाट, एनजीओ/ अाईएनजिअाेकाे अनावश्यक सामाजिक घुसपैठ , सरकारी कार्यालयहरूमा भईरहेको अनियमितता र चरम भ्रष्टाचार, समाजमा व्याप्त बिकृती र विसंगति, स्वास्थ्य र शिक्षा क्षेत्रमा माैलाउँदै गएको अनियमितता र विसंगति का बिरुद्ध जनकारवाहीलाई अगाडि बढाउने निर्णय गरेको छ ।
५) बैठकले युद्धकालमा कब्जा गरिएका कैलालीको लालपुर हरैया लगायतका जमिनहरुकाे लगत संकलन गरि पार्टीको नियन्त्रणमा राख्ने तथा भूमाफियाहरुलाई कार्वाही गर्ने निर्णय गरेको छ । साथै हाम्रो पार्टीको नाममा अनाधिकारीक चन्दा उठाउने ( कतिपय ठाउँमा पुलिस र अन्य लुटेरा समुहले हाम्रो पार्टीको लेटरप्याड र सहयोग रसिद प्रयोग गरेको प्रमाण फेला परेको छ ), विकास बजेटबाट घाेषित अघाेषित कमिशन खाने, उद्योगी व्यापारीबाट हप्ता उठाएर खाने तर उल्टै हाम्रो पार्टी माथि कथित चन्दा अातंककाे अाराेप लगाउने दलाल, भ्रष्ट र माफियाका विरुद्ध जनस्तरमा भण्डाफाेर र कार्वाही गर्ने निर्णय पनि गरिएको छ ।
६) केपी अाेलीकाे दलाल सरकारले अछाम, काभ्रेपलाञ्चोक, भाेजपुर हुँदै साेलुखुम्बु संखुवासभा सम्म कथित दाेहाेराे भिडन्तकाे नाममा एकतर्फी फायर खाेल्ने काम गरेको छ । कथित मुडभेट काे कलाविहिन नाटक मंचन गरि कमरेड कुमार र तिर्थलाई गैर न्यायिक हत्या गरिसकेको छ । हाम्रो पार्टीको सुरक्षा निकायका विरुद्ध फायर खाेल्ने निति नहुँदा नहुँदै एकोहाेराे फायर खाेल्नु भनेको हामीलाई उत्तेजित पार्ने र दलालहरुले अाफ्नाे असफलतालाई विषयान्तर गरि युद्ध भड्काउनु हाे । एकातिर कथित वार्ताको हल्ला गर्ने र अर्कोतिर हाम्रा नेता कार्यकर्तालाई जेल हाल्ने, अात्मसमर्पण गराउने र त्यो गर्न नसक्नेलाई कथित मुडभेट काे नाउँमा इन्काउण्टर गर्ने रणनीति केपी अाेलीकाे सामाजिक दलाल पुँजीवादी सरकार र उसको पार्टीले लिएको छ । दलालहरुकाे याे रणनीति लाई असफल पार्न बैठकले पार्टीले अघि सारेको सक्रिय रक्षाकाे नितिमा रहि काम कार्वाहीलाई अगाडि बढाउने निर्णय लिएको छ ।
७) बैठकले केपी अाेली सरकारको गैर राजनीतिक चरित्र र फाँसिवादी व्यवहारका विरुद्ध सबै शक्ति र नागरिक समाजसँग मिलेर खुला राजनीतिक संघर्षलाई अगाडि बढाउने तथा राष्ट्रियता, जनतन्त्र र जनजिविकाकाे सवालमा मुद्दा मिल्ने सबैसँग सहकार्य काे लागि पहल गर्ने निर्णय गरेको छ । साथै बैठकले शहिद परिवार र बन्दी परिवारकाे सवालमा पनि अावश्यक सहयाेग र हेरचाह गर्ने निर्णय गरेको छ ।
८) बैठकले जेठ महिनाको हावाहुरीले जनताको घर र केरा खेती लगायतकाे धनजनको क्षतिकाे उचित क्षतिपुर्ति दिन, किसानको मल बिउ र सिँचाइकाे उचित व्यवस्थापन गर्न र असारे विकासकाे नाममा भइरहेको अनियमिततालाई राेक्न, भारतबाट अाउने विषादीयुक्त फलफूल र तरकारी राेक्न सम्बन्धित निकायकाे ध्यानाकर्षण गर्ने र यदि त्यसलाई बेवास्ता गरे जनसत्ता मार्फत हस्तक्षेप गर्ने निर्णय गरेको छ ।
तसर्थ क्रान्ति हाम्रो पार्टीको मात्रै सराेकारकाे विषय नभएर याे सिंगो जनता र देशको विषय हाे । देशमा विद्यमान समस्या पनि हाम्रो पार्टीका नभइ अाम जनताका हुन । हाम्रो पार्टीको भनाइ यतिमात्र छ कि यसलाई सबै मिलेर हल गराै । अन्तमा सामाजिक दलाल फाँसिवादी केपी बादल सरकार द्वारा नेकपा बिरूद्ध लगाइएको प्रतिबन्ध, दमनधरपकड, हत्या आतंक, झुटा मुद्दा तथा राष्ट्रघात जनघात विरूद्ध प्रतिरोध सङ्घर्षमा सक्रिय भुमिका निर्वाह गर्नुहुने सेतिमहाकालीका नेता कार्यकर्ता तथा सहयोगात्मक भुमिका निर्वाह गर्नुहुने जनसमुदायमा धन्यवाद व्यक्त गर्न चाहन्छौं ।
क्रान्तिकारी अभिवादन
क. निर्माण
इन्चार्ज

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार