logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सर्लाही घटनाकाे चित्तबुझ्दो जवाफ नदिएकाे भन्दै कांग्रेसद्वारा संसद अवरुद्ध


  • राजनीति
  • मंगलबार, असार २४ २०७६

k|wfgdGqL cf]nL ;+;bdf k|ltlglw;efsf] gofF afg]Zj/l:yt ;+3Lo ;+;b ejgdf d+unaf/ a;]sf] a}7sdf k|wfgdGqL s]kL zdf{ cf]nL ljlgof]hg ljw]osdflysf] 5nkmndf ;fj{hlgs dxTjsf ljifodf af]Ng'x'Fbf pkl:yt ;f+;b . tl:a/ M /f]zg ;fksf]6f, /f;;

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपाले गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै  काँग्रेस र राजपाका सांसहरुले संसद बैठक अवरुद्ध गरेका छन् । पछिल्लो समय सर्लाहीका तीन घटनामा गृहमन्त्री रामबहादुर थापाले दिएको जवाफ चित्त बुझ्दो नभएको भन्दै सासदहरुले संसद अवरुद्ध गरेका हुन् ।

गृहमन्त्री थापाले राज्य मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न प्रतिवद्ध रहेको भन्दै सोही क्रममा सर्लाहीको घटना भएको स्पष्ट पारेका थिए । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सर्लाही घटनाबारे सांसदहरुले उठाएको जिज्ञासाको सम्बोधन गर्दै उनले शान्ति सुव्यवस्था कायम गर्ने क्रममा सर्लाहीका घटना भएको बताएका हुन् ।

विप्लव समूहका कार्यकर्ताले सर्लाहीको लालबन्दी र हरिवन इलाकामा स्थानीय जनप्रातिनिधि र व्यापारीलाई चन्दा माग्दै ज्यान मार्ने धम्की दिने गरेको गुनासो पछि सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै केन्द्रबाट परिचालित समूह र विप्लव समूहका जिल्ला इन्चार्ज कुमार पौडेलको समुहबीच जम्काभेट हुदा पौडेल समुहको तर्फबाट फायरिङ भएको र जवाफी फायरिङको क्रममा कुमार पौडेलको मृत्यु भएको बताएका थिए ।

सांसदहरुले तीनै घटनाको अध्ययनको लागि संसदीय समिति गठन नगरि बैठक चल्न नदिने भन्दै अवरोध गरेका हुन् । अहिले पनि बैठक अवरुद्ध छ । सांसदहरुले विरोध गरिरहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार