logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

विप्लवकाे निसानामा स्थानीय निकाय बर्दियामा वडा कार्यालय मा आगजनी


  • राजनीति
  • मंगलबार, असार २४ २०७६

प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बर्दियाको गेरुवा गाउँपालिका–६ को वडा कार्यालयमा आगो लगाएको छ । गएराति भएको आगजनीबाट वडा कार्यालयमा क्षति पुगेको छ भने महत्वपूर्ण कागजात जलेर नष्ट भएका छन् ।

घटनास्थलमा विप्लव समूहको भेरी कर्णाली ब्युरोको पर्चा भेटिएको प्रहरी महानिरीक्षकको सचिवालयका एसपी रमेश थापाले जानकारी दिए । उनका अनुसार वडा कार्यालयमा लागेको आगो निभाउन पुगेका इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरीक्षक यमबहादुर मल्ल घाइते भएका छन्
घटनामा संलग्नको खोजी कार्य भइरहेको एसपी थापाले बताए । पछिल्लो समय विप्लवले स्थानीय तहलाई आक्रमणको निसाना बनाउन थालेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार