logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

न्याय माग्दै कुमारकी पत्नि कला पाैड्याल काठमाडौमा सबैलाई सहयाेग गर्न अपिल


  • राजनीति
  • मंगलबार, असार २४ २०७६

विप्लव नेतृत्वको नेकपाका जनकपुर ब्युरो सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज कुमार पाैड्यालका परिवार न्यायकाे खाेजीमा काठमाडौ आइपुगेका छन् ।

 

नेता  कुमार पौडेलको असार ५  गते गैरन्यायिक हत्याका दोषीमाथि कारबाहीको माग गर्दै न्यायको खोजीमा उनकि दिदी लक्ष्मी भाइ सहित  उहाकि  श्रीमति कला पौडेल काठमाण्डौमा आएकि  छिन् ।

सुकुम्बासी आन्दोलन मार्फत लाेकप्रिय छवि बनाएका विप्लव नेतृत्वको नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पैड्यालकाे असार ५ गते सर्लाही काे खलान्ती खाेलामा प्रहरीद्वारा  मारिए ।

नेकपा जनकपुर ब्युराे सदस्य तथा सर्लाही जिल्ला का इन्चार्ज थिए ।  भुमिहिन सुकुम्बासीले जमिन पाउनुपर्ने माग राख्दै सुकुम्बासी आन्दोलनको नेतृत्व गरेका उनी सुकुम्बासी मात्रै हाेेइन सर्लाही र सिन्धुलिमा निकै लाेक प्रिय मानिन्थे पाैड्याल । उनकाे हत्या बारे सर्वत्र बिराेध भइरहेकाे छ।

उनले  मानवअधिकारवादी नागरिक समाज पत्रकार तथा विभिन्न राजनीति दलका नेताहरुसग न्यायका लागि पहल गर्न माग गरेकि छन्

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार