राजनीति
सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी भोजपुरका इन्चार्ज प्रहरीको गोली लागि मारिएका छन् ।
“जनयुद्धलाइ जितेका प्रशान्तले -अन्त् त उनि शहिद भए”
माओबादी जनयुद्द को क्रममा” २०५८ साला मा भुमिगत भएका निर कुमार राई(प्रशान्त)जनमुक्ति सेना को कम्पनि कमाण्डर थिए, शान्ति पक्रियामा माओबादी कै भातृ सङगठन अखिल( क्रान्तिकारी) का केन्द्रिय सदस्य भएका प्रशान्त, पार्टी शान्ति पक्रिया मा आए संगै पार्टी फुटे पछि उनि बैध्य हुदै बिप्लव नेकपा मा आबद्ध थिए।
बुधवार बिहान साढे ८ बजेको समयमा भोजपुरको सदरमुकाममै नेकपाका भोजपुर इन्चार्ज निरकुमार राई मारिएका हुन् । प्रहरीले दोहोरो भिडन्तमा उनको मृत्यु भएको बताएको छ ।
भोजपुर सदरमुकामको हटिया लाइनमा बिहान ८ बजेपछि गोली चलेको स्थानीयले जनाएका छन् । सो क्रममा विप्लवका जिल्ला इन्चार्जसँगै सञ्जीव राई नाम गरेका प्रहरी जवान पनि मारिएका छन् । सञ्जीव घुमुवा प्रहरी अर्थात अनुसन्धान विभागका कार्यरत प्रहरी भएको स्थानीयले बताएका छन् । सञ्जीपको घर खोटाङ रहेको र उनी केही समयदेखि भोजपुरमा कार्यरत रहेको बताइएको छ ।
प्रहरीको गोली लागेर मृत्यु भएका नेकपाका भोजपुर जिल्ला इन्चार्ज नीर कुमार राई भोजपुरकै षडानन्द नगरपालिका–१३, बोयाका निवासी हुन् । नीर कुमार राइको कन्चटमा गोली लागेको र प्रहरी जवान सञ्जिव राईको छातीमा गोली लागेको बताइएको छ । घटनामा एक अर्का प्रहरी समेत घाइते भएकाे प्रहरीले जनाएकाे छ । घाइते हुने प्रहरी सोमनाथ भट्टराई रहेकाे र उनकाे स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।
यसअघि प्रहरीको गोली लागेर भोजपुरकै टेम्केमैयुङ गाउँपालिका वार्ड नं १ का तिर्थराज घिमिरेलाई प्रहरीले गोली हानेर हत्या गरेको थियो । प्रहरीको गोली लागेर घाइते भएका घिमिरेको धरानमा ल्याइ उपचार गर्दा गर्दै मृत्यु भएको हो ।
त्यसैगरी केही समय अघि मात्र प्रहरीले विप्लवका सर्लाही इन्चार्ज कुमार पौडेलेको पनि गोली हानेर हत्या गरेको थियो । सर्लाहीको लालबन्दी नगरपालिका अन्तर्गत १, १० र ११नम्बर वडा सिमाना पर्ने पलार हिरापुर जंगलमा पौडेललाई प्रहरीले गोली हानेर हत्या गरेको थियो । तर, प्रहरीले उनको पनि भिडन्तमा मृत्यु भएको दावी गर्दै आएको छ । थप अपडेट गर्दै जानेछाै ।