राजनीति
भीमदत्त नगरपालिका स्थित एक निजी विद्यालयका विद्यार्थीको शिक्षकको कुटाईबाट निधन भएको छ । शिक्षक काे कुटाइबाट बिधार्थीकाे ज्यान गएपछि अखिल ( ( क्रान्तिकारी ) कन्चनपुरलेे सत्यतथ्य छानवीन गरि दाेशि माथी कडा कार्वाही गर्न माग गरेकाे छ ।
कन्चनपुर जिल्ला अध्यक्ष नरेन्द्र भाटले एक प्रेस बिज्ञाप्ती प्रकाशित गर्दै दाेषिमाथि कडा कानुनि कार्वाही गर्न र मृतकका परिवारलाइ उचित क्षतिपूर्ति दिन माग गरेका छन्।
महाकाली बाल विद्यालयका छात्र माधव कलाैनीको गएराती उपचारको क्रममा मृत्यु भएको हो । मृतक कलाैनीका आफन्तका अनुसार भारतको राममूर्ती अस्पतालमा मृत्यु भएको हो ।
नेपालका डडेल्धुरा उपक्षेत्रिय अस्पताल, महाकाली अस्पताल, सेती अस्पताल, नेपालगञ्जको शिक्षण अस्पतालमा समेत उपचार संभव नभएपछि उनलाई थप उपचारका लागि भारत लगिएको जनाइएको छ ।
विद्यालय बाहिर कलाैनीले झगडा गरेको विषयलाई लिएर विद्यालयका प्राध्यापक यशोदा जोशीसहित शिक्षकको टोलीले कुटपीट गरेको परिवारले आरोप लगाउदै आएका छन् ।
उनको मृत्यु पश्चात प्रहरीले प्रधानाध्यापक जोशी, शिक्षकहरु दुर्गादत्त भट्ट, लक्ष्मण भट्ट र हर्क जाग्रिलाई प्रहरीले घटना सोधपुछका लागि नियन्त्रणमा लिएको छ । कुटपिटबाट कलाैनीको टाउको, छातीमा चोट लागेको थियो भने दाँया खुट्टा भाँचिएको थियो ।
