राजनीति
चितवनको भरतपुर महानगरपालिकाको क्षेत्रपुरमा रहेको सब्जी मण्डीमा भारतीय आइचर गाडीमा तोडफोड भएको छ ।
आज विहान ३ः१० बजेको समयमा तरकारी बोकेर आएको up ४१ AT २६९१ नम्बरको भारतीय आइचर गाडीमा तोडफोड भएको छ भने आगजनि गर्ने प्रयास भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
स्कुटीमा आएको २ जनाले गाडीमा इटटाले हानेको र मिनिरल वाटरको बोटलमा ल्याएको पेट्रोल छर्के पछि सब्जी मण्डीमा अन्य ब्यापारी आएको देखेर भागेको प्रत्यक्षदर्शीले बताएका छन् ।
तोडफोडबाट अगाडीको शिशा लगायतका भाग फुटेछ भने मानबीय क्षति नभएको प्रहरीले जनाएको छ ।भारतीय तरकारी आएको विरोध गरीरहेका समुहले तोडफोड गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।