logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

क्रान्तिकारी नेतृ भण्डारी गिरफ्तार ,प्रतिरोध गर्ने ब्यूरोको चेतावनी


  • राजनीति
  • बिहिबार, असार २६ २०७६

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी)का नवलपरासी जिल्ला अध्यक्ष शारदा भण्डारीको गिरफ्तारी प्रती खेद प्रकट गर्दै क्रान्तिकारी लुम्बिनी ब्युरोका इन्चार्ज बिरेन्द्र बिकले बिज्ञप्ती जारी गरेकाछन । आफ्नो जिल्ला संगठनका नेता भण्डारीलाइ बिना कारण गिरफ्तार गरेको भन्दै क्रान्तिकारी लुम्बिनी ब्यूरोले आक्रोश ब्यक्त्त गरेको छ ।

उनलाई संगठनको कामको शिलशिलामा रहेकोे अवस्थामा असार २५ गते बुधबार गिरफ्तार गरिएको अखिल (क्रान्तिकारी)  लुम्बिनी ब्युरोले जनाएको छ ।

अनावश्यक ढंगले बिद्यार्थीहरु माथी गरेको धरपकड साम्राज्यवादको दलाली  मात्र भएको भन्दै यस्ता हर्कत नरोक्किए शैक्षिक क्षेत्रबाट प्रतिरोध गरिने क्रान्तिकारीका सचिवालय सदस्यको जिम्मेवारीमा रहेका बिरेन्द्र बिकले घोषणा गरेकाछन । उनले गिरफ्तार भण्डारीको बिनासर्त रिहाईको माग गर्दै सबै क्षेत्रबाट पहल गर्न अपिल गरेकाछन

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार