logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

विप्लव बार्ताका मुख्य ३ सर्त के सरकार तयार हाेला त ?


  • राजनीति
  • शनिबार, असार २८ २०७६

सरकारले बार्ताकाेे बाताबरण बनाए लचिलो हुने संकतदेखाएकाे बिप्लव नेतृत्वको नेकपाले आफ्नो पुर्वसर्त अघि सारेकाे छ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले वार्ताका लागि सरकारसँग तीन वटा शर्त अघि सारेको छ । बीबीसी नेपालीको साप्ताहिक कार्यक्रममा रमा पराजुलीसँग कुरा गर्दै नेकपाका केन्द्रीय सदस्य गुणराज लोहनीले वार्ता गर्न नेकपामाथिको प्रतिबन्ध हटाउनु पर्ने, शान्तिपूर्ण राजनीतिक कार्यक्रम गर्न दिनु पर्ने र संसदीय व्यवस्थाको विकल्पमा नयाँ व्यवस्था स्थापना गर्न सरकार तयार हुनु पर्ने बताए ।

त्यस्तै, सरकारले आफ्नो पार्टीमाथि पञ्चायतकालको भन्दा पनि चर्को दमन गरेको र यदी सरकारले अहिलेकै रवैया जारी राखे आफ्नो पार्टीले कडा प्रतिरोध गर्ने चेतावनी समेत दिए । उनले भने, नेकपाले हतियार उठाउने कहिल्यै भनेको छैन । तर तिमीहरु हतियार लिएर आउँछौ भने हामी पनि तयार छौ नेता लोहनीले भने ।

सोही कार्यक्रममा सत्तारुढ नेकपाका स्थायी समिति सदस्य अग्नि सापकोटाले वार्ताका लागि उपयुक्त वातावरण भएको बताए । यदि यो अवस्थामा वार्ता नभए सरकार, विप्लव र देशलाई ठूलो क्षती हुने भएकाले राजनीतिक मुद्दालाई वार्ता र संवादको माध्यमबाटै सामाधान गर्न सरकार तयार रहेको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार