logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

अख्तियारकै पूर्वप्रमुख बस्नेत अख्तियारको कठघरामा


  • पत्रपत्रिका
  • आइतबार, असार २९ २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै पूर्वप्रमुख आयुक्त दीप बस्न्यातसँग बयान लिएको छ ।

अनुसन्धान अधिकृतको टोलीले ललिता निवास जग्गा प्रकरणमा तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव बस्न्यातसँग बयान लिएको हो ।

‘उहाँ बिहान आउनुभएको हो, दिनभर भित्र बसेर बेलुकी फर्कनुभयो’, अख्तियार सुरक्षा स्रोतले भन्यो, ‘किन आउनुभयो भनेर सोधखोज हुँदा बयानका लागि भन्ने भयो ।’ बस्न्यात निकट एक कानुन व्यवसायीका अनुसार अख्तियारको टोलीले ललिता निवासको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता भएको भन्ने उजुरी छानबिनका क्रममा आयोगमा आइदिन अनुरोध गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै पूर्वप्रमुखलाई भ्रष्टाचार आरोप छानबिनका क्रममा बयान लिएको यो पहिलो घटना हो । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार