राजनीति
सत्तारूढ दल नेकपाका महासचिव बिष्णु पाैड्यालले विप्लव नेतृत्वको नेकपाका स्थायी सदस्य हेमन्त प्रकाश ओलीलाइ नख्खु कारागार मै पुगेर भेटेका छन् ।
विप्लव नेकपा बिरुद्ध सरकारले प्रतिबन्ध लगाएपछि सरकार र बिद्राेही विप्लव नेकपाबिच चर्काे द्वन्द देखिन थालेका खबरहरुका बिच भएको उक्त भेटलाइ अर्थपुर्ण हिसावले हेरिएकाे छ।
स्राेतका अनुसार प्रधानमन्त्री केपि शर्मा ओलिकाे निर्देशनमा नेता पाैड्यालले ४ महिनादेखि कारागारमा बन्दी जीवन बिताइरहेका नेता ओलीलाइ भेटन पठाएका हुन्।
दुई नेताहरुकाे भेटलाइ गाेप्य राखिएको थियाे तर उक्त भेट बारे अखबारहरुले वार्ताकाे बाताबरण सग जाेडदै बाहिर ल्याएका छन्। करिव दुई घन्टासम्म चलेकाे छलफलमा के कस्ताे कुराकानी भयाे भन्ने स्पष्ट पारिएकाे छैन्।
नेता पाैड्यालले अफिसियल समयपछि नख्खु पुगेर भेटेकाे बताइएकाे छ।
प्रतिबन्धित पछि नेकपा र सरकार मुडभेट काे स्थितिमा पुगेकाे भन्दै सर्वत्र चिन्ता ब्यक्त गरिएको छ भने प्रतिबन्ध पछि ८ जना विप्लवका नेता कार्यकर्ता काे मृत्यु भएको छ करिव ६ सयकाे हाराहारी पक्राउ गरि हिरासतमा राखिएको छ। भने यता एकजना प्रहरी काे पनि ज्यान गएकाे छ।