logo बिहिबार, कार्तिक २७ २०८३ | Thursday 12th November 2026

कास्किमा श्रद्धाञ्जली सभा, सहिदको रगत खेर जान नदिने युवाका महासचिवको भनाइ


  • बिपि बिद्रोही
  • आइतबार, असार २९ २०७६

पोखरा असार २९,  नेपाल कम्युनिस्ट पाटी कास्कीले श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ। भोजपुरमा प्रहरीको गोलि लागेर ज्यान गुमाएका आफ्ना नेता सगरमाथा ब्युरो सदस्य नीर कुमार राई ” प्रसान्त” को सम्झनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको जनाइएको छ।

श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै युवा सङगठन नेपालका महासचिव सागर पुनले सरकारले आफ्नो पाटिमाथी ह…  त्याको शृङ्खला मच्चाएर देशमा द्वन्द्वको सुरुवात गरेको बताउनुभयो। आफुहरु यो मुलुकको परिबर्तनको खातिर जस्तोसुकै मूल्य चुकाउन तयार रहेको भन्दै सरकारको यातना धरपकड र ह… त्या बाट आफुहरु कदापि निरास नहुने बताए । उनले भने हामी झन प्रतिबद्ध छौ बैज्ञानिक समाजबादी ब्यबस्थाको लागि हामी अन्तिम सम्म लडिरन्छौ, हामिहरु साच्चिकै यो देशको परिबर्तनकोलागी मर्न तयार भएर आएका छौं , के पि बादल कम्पनीले यसलाइ ख्याल ठट्टा नसम्झिन चेतावनी दिन्छौं  । हामी महान सहिदहरुको रगतलाइ कदापि खेर जान दिनेछैनौं।

युवा सङगठन कास्किका सचिब लोकेन्द्र राइले सन्चालन गरेको कार्यक्रममा युवा सङगठन गण्डक ब्युरो समयोजक कुमार लगायतले बोलेका थियो । पोखरामा सम्पन्न भएको कार्यक्रममा जनताहरुको उल्लेख्य सहभागिता रहेको जनाइएको छ ।

उता अखिल क्रान्तिकारी कास्की र पिएन क्याम्पस जिल्ला समितिले पनि श्रद्धाञ्जली सभा सम्पन्न गरेका छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार