logo बिहिबार, कार्तिक २७ २०८३ | Thursday 12th November 2026

अदालतबाट रिहा भए लगत्तै फेरी प्रकाउ परे कास्कीका चार नेता ! कास्की तनहुँ पछी स्याङ्जा लाने


  • राजनीति
  • सोमबार, असार ३० २०७६

पोखरा- नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका चार कार्यकर्तालाई राजद्रोह मुद्दामा पक्राउपछि तनहुँ जिल्ला अदालतबाट सामान्य रिहा भएलगत्तै प्रहरीले फेरी पक्रेको छ ।

मुद्दाको सुनुवाईका लागि तनहुँ जिल्ला अदालत लगिएकामा अदालतले रोल्पाका जंगबहादुर भण्डारी ‘आक्रोश’, कास्कीका सन्तोष परियार ‘परिवर्तन’, भोजपुरका मिलन राई र गोरखाका काजी गुरुङलाई साधारण तारेखमा रिहाको आदेश दिएको थियो ।

अदालतले रिहा गरे पनि प्रहरीले पक्राउ गर्ने डरले चारैजना राति अबेरसम्म पनि अदालत परिसरमै थिए । भित्र र बाहिर दुवैतिर बाक्लो संख्यामा प्रहरी परिचालन गरिएपछि चारैजना कार्यकर्ता अदालतबाट बाहिर निस्केका थिए । उनीहरुविरुद्ध स्याङ्जा जिल्ला अदालतमा पनि राजद्रोह मुद्दा रहेकाले पक्राउ गरिएको प्रहरी नायब निरीक्षक मनोज पाण्डेले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार