logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

भुमाफियाले हडपेकाे सरकारी जग्गा सरकारकाे नाममा लिन सर्वोच्चकाे आदेश


  • राजनीति
  • बुधबार, साउन १ २०७६

भूमाफियाहरुले कथित गुठी र नक्कली मोहीमार्फत हत्याउने प्रयास गरिरहेको राजधानी गोठाटारस्थित करिब २५रोपनी जग्गा सरकारको नाममा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।प्रधानान्यायाशीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश डम्बरबहादुर शाहीको संयुक्त इजलासले गुठी संस्थानबाट भूमाफियाको डिजाइनमा गुह्येश्वरी चैत्य महाअष्टमी गुठीको तैनाथी कायम गरेको जग्गा सरकारी भएको ठहर गरेको हो ।

सर्वोच्चको फैसलासँगै भूमाफियाहरुले गुठीमार्फत मोहीका नाममा ल्याई अर्बौ रुपैँया पर्ने जग्गा हत्याउन गरेको षड्यन्त्र विफल भएको छ ।

पटकपटक सरकारी, माही र गुठीको विवादमा परेको २५ रोपनी ४ अना जग्गा अब सरकारी लगतमा रहनेछ । यो समाचार कान्तिरपुर दैनिकमा छापिएको

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार