logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

हेमन्त प्रकाश ओली ‘सुदर्शन’ रिहा हुने संकेत


  • राजनीति
  • बुधबार, साउन १ २०७६

नख्खु कारागारमा रहका प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामा स्थायी समिति सदस्य हेमन्तप्रकाश वलीलाई रिहा गर्ने तयारी थालेको छ ।

विप्लवले वार्ताका लागि वलीको रिहाइलाई पहिलो सर्त बनाएपछि सरकार उनलाई रिहा गर्ने तयारीमा पुगेको हो । ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयअगाडि तीन जनाको ज्यान जाने गरी भएको बम विस्फोटको मुख्या दोषी भएको आरोपमा जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि कारागारमा राखिएको छ । वलीलाई केही दिनअघि नेकपा महासचिव विष्णु पौडेलले नख्खु कारागारमै पुगेर भेटेका थिए । पौडेललाई प्रधानमन्त्री केपी ओलीले विप्लवसँग वार्ताका लागि आफ्नो दूतका रुपमा खटाएका छन् । यस्तै असन्तुष्ट समूहसँग वार्ता गर्न गठित नेकपा सांसद सोमप्रसाद पाण्डे नेतृत्वको टोलीले पनि विप्लव समूहका एक स्थायी समिति सदस्य स्तरका नेतासँग काभ्रे र भक्तपुरको सीमास्थित एक होटलमा तीन दिनअघि वार्ता गरेको थियो ।

सो वार्तामा विप्लवले वलीको रिहाई वार्ताको पहिलो सर्त भएको अडान राखेको थियो । वार्तास्थलबाट सिधै प्रधानमन्त्री ओली भेट्न बालुवाटार पुगेका पाण्डेले विप्लको सन्देश सुनाएका थिए । वलीलाई रिहा गर्दा वार्ताको वातावरण बन्ने र विप्लव मुलधारको राजनीतिक प्रक्रियामा आउने सुनिश्चित भए छाड्न तयार रहेको सन्देश प्रधानमन्त्रीले पाण्डेमार्फत नै विप्लवसमक्ष पु¥याएका थिए ।

स्रोतका अनुसार प्रधानमन्त्रीले वलीलाई रिहा गर्ने प्रक्रियाबारे महान्यायाधिवक्ता अग्नि खरेलसँग परामर्श गरेका छन् । विप्लवले सरकारसँगको वार्ताका लागि वलीलाई नै संयोजक तोक्ने अनौपचारिक सन्देश सत्तापक्षलाई पठाइसकेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार