राजनीति
सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले अछाममा निजी क्षेत्रको मोबाइल प्रदायक कम्पनी एनसेल विरुद्ध अभियान संचालन गरेको छ । राज्यलाई पूँजीगत लाभकर नतिरहेकाे भन्दै No tax No ncell अभियान सुरुवात गरिएको नेकपा सेतिमहाकाली ब्युरोले जनाएको छ ।
सेतिमहाकाली ब्यूरो अन्तर्गत नेपाल कम्युनिस्ट पार्टी कंचनपुरले No TAX , No Ncell अभियान को शुरुआत गरि करछली गर्ने भ्रष्ट दलाल संस्था लाई बहिष्कार अभियान चलाएको छ । कंचनपुरको भिनपा कटान , बेल्डाडी गाउँपालि क्षेत्रमा पर्चा र बैनर प्रदर्शन गरि विरोध कार्यक्रम गरिएको छ । साथै जनता लाई एनसेल बहिष्कार अभियानमा सहभागी हुन अपिल गरिएको छ ।

त्यस्तै नेकपाले अछाममा निजी क्षेत्रको मोबाइल प्रदायक कम्पनी एनसेलकाे सिमकार्ड जलाएकाे छ । राज्यलाई पूँजीगत लाभकर नतिरहेकाे भन्दै No tax No ncell अभियानकाे क्रममा नेकपा अछामले एनसेलकाे सिम जलाइएकाे हाे ।
कर असुलीका लागि सरकारलाई दबाब दिने उद्देश्यले अछामका बिभिन्न ४ ठाँउमा एनसेलकाे सिम जलाइएकाे नेकपा अछामले जनाएकाे छ। ।
नविनले सेति-महाकाली ब्युराेकाे कार्यक्रम र एनसेल एक्जियटाले सरकारलाई तिर्नुपर्ने अर्वाैको राजश्व नतिरेको भन्दै जनस्तरबाट चर्काे विरोध हुन थालेपछि त्यसकाे नेतृत्व नेकपाले गरेकाे बताए । सरकारलाइ कर नतिर्दासम्मा No tax No ncell अभियान अछाममा जारी रहने उनकाे भनाइ थियाे ।
सरकारले पटक पटक ताकेता गर्दा पनि कर नतिरेपछि सर्वसाधारणले एनसेलको सिम नै बहिस्कार गर्न थालेका हुन् । अहिले एनसेलको सिम बहिस्कार गर्ने अभियान जनस्तरमा देशैभर चलेको छ ।
सर्वाेच्च अदालत र ठूला करदाता कार्यालयले कर तिर्न गरेको आग्रह अटेर गर्दै एनसेलले उल्टै सरकारबिरुद्ध मुद्धा दायर गरेको छ। कतिपयले एनसेलको सिममा आगो लगाएका छन् भने कतिपयले कर तिरेपछि मात्रै सिम प्रयोग गर्ने भनेर ब्लक गरेका छन्।