logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पक्राउ परेका मान्छे छाेड्ने सर्तमा बार्ता हुदैन : मन्त्री बास्काेटा


  • राजनीति
  • बिहिबार, साउन २ २०७६

सरकारले प्रतिवन्धित विप्लव नेकपा ले शक्ति सञ्चय गर्नेगरी वार्ता नहुने स्पष्ट पारेको छ।

सञ्चार तथा सूचनाप्रविधी मन्त्री गोकुल बास्कोटाले बिहीवार मन्त्रालयमा गरेको नियमित पत्रकार सम्मेलनका क्रममा यस्तो बताएका हुन् ।

मन्त्री बास्कोटाले विप्लवलाई वार्तामा आउन भनिरहेको बताउँदै जेलमा राखिएका मान्छे छोड्दै उनीहरुको शक्ति सञ्चयका लागि वार्ता नहुने बताए ।

उनले भने, ‘वार्ताका लागि मान्छे छोड्नुपर्ने भन्ने हुँदैन । ५२ सालदेखि ६२ सालसम्म के भयो ? वार्ता गर्ने, छोड्ने फेरि शक्ति सञ्चय गर्ने ? फेरि त्यसकै दुस्चक्रमा फर्किने ? त्यसमा सरकार सचेत छ ।’

सरकारले समातेको मान्छे बन्दुक बोक्नका लागि छाडेर वार्ता गर्ने कुरा नहुने उनको भनाई छ ।

उनले भने, ‘वार्ता चाहिँ गर्ने, यसको निष्कर्षमा नपुग्ने र फेरि पहिलेकै अवस्थामा जाने भन्ने हुँदैन । कमजोर धरातलमा बसेर वार्ता हुँदैन ।’

मन्त्री बास्कोटाले अनुचित, गैरजिम्मेवार, असंवैधानिक मागमा वार्ता नहुने बताउँदै सिके राउतकोझै शान्तिपूर्ण राजनीति गर्ने प्रतिवद्धता सहित स्पष्ट भएर आए वार्ता गर्न तयार रहेको बताए ।

उनले भने, ‘एकलाई दुई बनाउने, छलाङ मार्ने हिजोकै जस्तो चक्र अब फेरि दोहोरिँदैन । उहाँहरुले एउटा होहल्ला सुरु गर्नुभएको छ । होहल्लाको पछि लागेर हुँदैन । उहाँहरु वार्ताका लागि आउनुहुन्छ भने स्वागत छ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार