logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

धनगढी बिस्पाेटबारे गरिएका प्रचार नियाेजित : विप्लव


  • राजनीति
  • बिहिबार, साउन २ २०७६

सुदूरपश्चिम प्रदेशको राजधानी सहर धनगढीमा बिहीबार राति भएको बम विस्फोटको घटनामा संलग्नता नरहेको स्पष्टिकरण नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले दिएको छ ।

पाँचजना घाइते हुने गरी भएको उक्त विष्फोटको घटनामा नेकपाको संलग्नता नरहेको दाबी कैलाली जिल्ला सेक्रेटरी प्रकाश मल्लले गरेका छन्।

उनले सरकारले नियतवश नेकपाको बदनाम गराउन खोजेको दाबी गरेका छन्। ‘कहीँ विस्फोट र आतंक हुँदा सिधै हाम्रो पार्टीको नाम जोडेर बदनाम गर्ने सरकारको नीति छ’, उनले भने, ‘अनावश्यक रूपमा हामीलाई मुछेर बदनाम गर्ने काम सरकारले बन्द गरोस्।’

यश अघि प्रहरीले विप्लवकाे संग्लग्नता रहेकाे हुनसक्ने बताएकाे थियाे भने केही अन्लाईन मिडियाहरुले विप्लवकाे सग्लग्नता जस्ता समचारहरु लेखेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार