राजनीति
कुनै समयकी नम्बर वान नायिका रेखा थापा यतिबेला आफनो राजनीतिक अभिव्यक्तिको कारण चर्चामा आउँने गरेकीछिन् । पछिल्लो समय सरकारको कट्टर आलोचक र विप्लव नेकपाको प्रशंसक बन्दै आईरहेकी उनी यही कारण पनि लाईमलाईटमा आईरहेकीछिन् ।
नायिका थापाले एक अन्तर्वार्ता मा अब देशकाे नेतृत्व परिवर्तन का पक्षधर क्रान्तिकारी नेताकाे हातमा हुन जरुरी भएकाे बताएकिछिन् । अहिलेकाे लागि विप्लव ले उठाएका माग र एजेन्डा मुलुककाे परिवर्तन का पक्षमा छन् देशकाे हितमा छन उनले भनिन अबकाे देशकाे नेतृत्व विप्लवले गर्नुपर्छ मलाई विप्लवकाे नेतृत्वमा देशकाे बिकास भएको हेर्न मन छ। सरकारले विप्लवलाई प्रतिबन्ध लगाउँदा समेत उनले कडारुपमा आलोचना गरेकी थिईन् । उनी विप्लवलाई देशभक्त बन्न रुचाउँछिन् ।
उनले जुनसुकै हालतमा विप्लवसंग वार्ता गरेर सकरात्मकरुपमा टुंग्याउँनु पर्ने उनले बताईन् । सरकारले विप्लवका मागहरुकाे उचित सम्बाेधन गर्नु पर्ने बताइन्।
विप्लवका नेता तथा कार्यकर्ताहरुलाई इन्काउन्टर भन्दै मार्ने गरेको भन्दै उनले सरकारले नै द्धन्द चाहेको देखिएको बताइन । सरकारले एनसेलबाट कर समेत उठाउँन नसकेको , गरिब जनताले समेत कर तिरिहेको अवस्थामा नेताहरुको मात्र झोला भरिने जस्तो देखिएको एनसेलले कर तिर्नु पर्छ होईन भने बन्द हुनु पर्छ भन्दै विप्लवले एनसेलको कार्यालयमा बम बिस्फोट गराएको उनको ठम्याई छ ।
उनले विप्लवले मान्छे ताकेर बम नहानेको तर एनसेल बिस्फोटको क्रममा दुर्घटनाबस मानविय क्षति हुँदा माफी समेत मागेको उनको भनाई छ । उनी भन्छिन् “यहाँ त बिदेशी कम्पनी आएर जे पनि गर्दा भयो । नेपाली नागरिकले खोलेको कम्पनी जहिले मारमा पर्ने । बैंकहरुले समेत बिदेशीलाई लगानी दिने तर आज एउटा गरिबको छोराले म केही गरिखान्छु भनेर ऋण खोज्दा पाउँदैन । यो देश कसका लागि हो ? त्यसैले विप्लवले उठाएका मुद्धाहरुमा म सहमत छु।