logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

केपी ओलि झापा हत्याकाण्डका दोषी हुन , उनी प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्न सक्दैनन् : अधिवक्ता ओमप्रकाश अर्याल


  • राजनीति
  • शुक्रबार, पुष २८ २०७४

अनशनरत डा.गोविन्द केसीबारे एमाले अध्यक्ष ओलीका पछिल्ला अभिव्यक्तिहरुलाई आफूहरुले नजिकबाट हेरिरहेको बताउने अधिवक्ता ओमपप्रकाश अर्यालले ‘डा. केसीको सत्याग्रहले ल्याएका उपलब्धीलाई खिसिटिउरी गर्ने ? जोक बनाएर उडाउनेहरु सग अब नैतिकको लडाइँ हुने बताएकाछ्न।’

२०२८ सालको झापा काण्डमा ओलीको संलग्नता रहेको भन्दै उनले भने, ‘यसरी हत्या गर्नु भनेको नैतिक पतन हुने अपराध गर्नु हो, यो अदालतले पनि ठहर गरेको छ । उनी पार्टी अध्यक्ष मात्र होइन, प्रधानमन्त्री हुन पनि अयोग्य मान्छे हो ।’

उनले ओली कम्युािनष्ट पार्टीको नेता हो कि माफियाहरुको संरक्षक भन्ने प्रश्न पनि गरेका छन् । ‘डा. केसी अब एक्लो छैनन्, यो अभियान हो’ अधिवक्ता अर्यालले अघि भने, ‘ओलीविरुद्धको नैतिक लडाइँ अबको हाम्रो मिसन हो ।’

एमाले अध्यक्ष ओलीले बुधबार बैंकक जाने क्रममा डा. केसीप्रति ब्यंग्य गर्दै निर्वाचन आयोगलाई कानुनी विषयमा कुनै अप्ठ्यारो भए डा. केसीलाई सोध्नु भनेका थिए ।

प्रदर्शनलाई सम्बोधन गर्दै डा. केसीका सहयोगी डा. अभिषेक राज सिंहले ओलीलाई माफियाको घेरा बाहिर आएर बहस गर्न चुनौती दिए । उनले अघि भने, ‘ओली कमरेड, तपाईले अति गर्नुभयो । अब तपाईका दिनगन्ती सुरु भयो ।’

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार