logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

शव यात्रा बाटै केन्द्रिय नेता गिरफ्तार , कडा प्रतिरोध गर्ने क्रान्तिकारीको चेतावनी


  • राजनीति
  • शनिबार, साउन ४ २०७६

सरकारले प्रतिबन्ध लगाएको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य प्रकाश जप्रेललाई प्रहरीले गिरफ्तार गरेको छ। धनगढीमा भएको बम विस्फोटमा ज्यान गुमाएका राम सिंहको अन्तिम संस्कारमा सहभागी जप्रेललाई मलामीबाट फर्किने क्रममा शुक्रबार प्रहरीले गिरफ्तार गरेको हो।

सिंहको शवयात्रामा सहभागी जप्रेललाई ओली सरकारले बिनाकारण गिरफ्तार गरेको भन्दै क्रान्तिकारी सेति-महाकाली क्षेत्रीय समितीले अापत्ति जनाएको छ। विद्यार्थी हकहितका लागि संघर्षरत नेताहरू माथिको दमन धरपकड रोक्न माग गर्दा समेत बिध्यार्थीले स्वतन्त्रतापुर्वक हिड्डुल गर्न, बोल्न रपढ्न पाउने अधिकारलाई कुन्ठित गरेको भन्दै क्रान्तिकारीका सचिवालय सदस्य तथा महाकाली ब्यूरो इन्चार्ज बिरेन्द्र शाहले आपत्ति जनाउदै बिज्ञप्ती जारी गरेका छन ।

साथै शवयात्रामा सहभागी राम सिंहको फूपू पार्टी र संगठनमा नरहेकि राजकान्ती सिंहलाई पनि गिरफ्तार गरेको जनाएको छ । गिरफ्तारी परेका बिद्यार्थी नेता प्रकाश साथै कुनै पनि संगठनमा नरहेकी मृतककी फूपूलाई निसर्त ससम्मान रिहाइ गर्न माघ गरेको छ। रिहाई नगरेमा निर्मम संघर्ष गर्ने प्रेस विज्ञप्तिमार्फत क्रान्तिकारीले चेतावनी दिएको छ।

उनको बिज्ञप्तीको पुर्ण पाठ
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ( क्रान्तिकारी )
सेतिमहाकाली क्षेत्रीय समन्वय समिति
मिति : २०७६-०४-०४
विषय – प्रेस विज्ञप्ति !

देशमा यतिबेला केपि राम बहादुर कम्पनीको श्वेत आतंक चलिरहेको छ , जनदमन ,हत्याहिंसा , देशभक्त नागरिकहरु माथी झुठ्ठा मुद्दा र गिरफ्तारी , हिरासतमा यातना दिने कुकर्म गरिरहेका छ्न ।
कैलालीमा विष्फोटमा परि सहिद भएका कमरेड राम सिंहको शवयात्रामा सहभागी भई फर्किने क्रममा हाम्रो सङ्गठन अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य कमरेड प्रकाश जप्रेल लाई बिना कारण धनगढी बाट गिरफ्तार गरिएको छ । विद्यार्थीहरुको हरु हकहितका लागि संघर्षरत विद्यार्थी नेताहरु माथीको दमन धरपकड रोक्न आग्रह गर्दा पनि आफ्नै कानुनको उल्लंघन गर्दै स्वतन्त्रतापूर्वक हिडडुल गर्न पाउने ,बोल्ने पाउने , विद्यार्थीको पढन पाउने मौलिक हक हनन गर्दै सम्पुर्ण मानवअधिकार विरोधी हर्कत यो राज्य र यसको प्रशासन बाट हुँदै आएको छ । पन्चायत कालमा समेत विद्यार्थी सङ्गठन र विद्यार्थी नेताहरु माथी नभएका हर्कतहरु यो राज्यले गरिरहेको छ जो असाध्यै घृणित र निन्दनीय कुकर्म हो । साथै शवयात्रामा सहभागी भई फर्किने क्रममा सङ्गै रहेको बेला सहिद कमरेड राम सिंह को फुफु जो पार्टी र सङ्गगठनमा नै नभएकी राजकान्ती सिंह लाई पनि गिरफ्तार गरिएको छ । यो भन्दा ठूलो मानवताविरोधी हर्कत दुनियाँमा कहिकतै भेटिदैन ।
कथित कम्युनिस्ट र लोकतन्त्रको नाममा भैरहेको गुण्डागर्दी ,सम्पुर्ण मानवताविरोधी हर्कतका विरुद्धमा उभिन र यसको भन्डाफोर गर्न सम्पुर्ण पत्रकार मित्रहरू , मानवअधिकारवादी संघसंस्था , कानुन व्यवसायी , बुद्धिजीवी वर्ग लगायत आमजनसमुदाय हार्दिक अपिल गर्दछौं ।
यस्ता सम्पुर्ण मानवाधिकार विरोधि कुर्कम , सत्ता र शक्तिको खोलमा भै रहेको गुन्डागर्दी रोकि गिरफ्तार सङ्गठन का केन्द्रीय सदस्य कमरेड प्रकाश जप्रेल र पार्टी र सङ्गठन सङ्ग संबंधित नरहेकी मृतक कि फुफु सर्वधारण राजकान्ती सिंह लाई निसर्त ससम्मान रिहाईका लागि जोडदार माग गर्दछौ । अन्यथा निर्मम संघर्ष गर्ने जनाकारी यसै प्रेस विज्ञप्ति मार्फत जानकारी गराउदछौ ।
क्रान्तिकारी अभिवादन सहित।

क. विरेन्द्र शाह
संयोजक

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार