राजनीति
सरकार द्धारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका चर्चित नेता तथा वरिष्ठ जनवादी कलाकार माइला लामालाइ मध्यरातमा प्रहरीले गिरफ्तार गरेको छ । उपत्यका ब्यूरो इन्चार्जको जिम्मेवारीमा रहेका माइला लामालाई मध्य रातमा घर नै घेरा हालेर गिरफ्तार गरेको हो ।
लामालाइ उपत्यकाको काँडाघारीबाट रातको १२ : ३० बजे प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरेर बेपत्ता पारेको नेकपाका स्रोतले जनाएको छ । नेता माइला सगै रहेका कार्यकर्ता रेशम तामाङ पनि गिरफ्तार परेका छन् । ‘लामा र तामाङ्गलाई ठुलो शक्ति लगाएर प्रहरीले गिरफ्तार गरेको बुझिएकोछ । नेकपाले यो सरकारको लज्जास्पद हर्कत र कायरतापूर्ण कार्य भन्दै भर्त्सर्ना गरेको छ ।’
बिगत केहि समय अगाडी देखी सरकारका गृहमन्त्री रामबहादुर थापा “बादल”ले नेकपाका उपत्यका इञ्चार्ज माइला लामालाई पक्राउ गर्न आफैले निर्देशन दिएका थिए ।
माओवादी आन्दोलनको सास्कृतिक मोर्चाका लोकप्रिय नेता तथा तत्कालीन माओवादीको जनसांस्कृतिक महासंघका अध्यक्ष थिए लामा । उनी जनयुद्धमा सास्कृतिक मोर्चामा रहेको भएता पनि विभिन्न कार्वाहीमा सहभागी बन्ने क्रममा आफ्ना अंगहरु गुमाएका छन । शान्ति प्रक्रिया सगै पहिलो संविधान सभा निर्वाचनमा काठमाडौ ५ बाट उम्मेदवारी दिएका थिए । यद्यपि निकै झिनो मतले पराजित भएका थिए । पार्टी विभाजनपछि वैद्य हुँदै विप्लव नेकपामा ब्युरो इन्चार्ज सम्म भएका उनि थुप्रैपटक हिरासतमा परिसकेका छ्न । हाल लामाले राजधानीको उपत्यकाको जिम्मेवारी लिएको जानकारी भएसँगै प्रहरीले उनलाई निशाना बनाएको थियो ।