logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

नेकपामा महिलालाइ उपेक्षा ७७ जिल्ला मध्य ८ जना इन्चार्ज


  • पत्रपत्रिका
  • सोमबार, साउन ६ २०७६

सत्तारुढ नेकपाले ७७ मध्ये ८ जिल्लामा मात्र महिला इन्चार्ज बनाएको छ ।

भाषण, लिखित दस्तावेज र घोषणाहरुमा सहभागितामुलुक र समावेशीको चर्का कुरा उठान नेकपाले महिलालाई नेतृत्व दिन भने हिच्किचाएको छ । यस्तै ६ मध्ये दुई महानगरपालिका कमिटीका इन्चार्जमा महिलालाई जिम्मा दिइएको छ ।

महिला इन्चार्जहरुमा तेह्रथुममा जयन्ती राई, रसुवा बिमला सुवेदी, दोलखामा देवी खड्का, काठमाण्डुमा सावित्रा भुसाल छन् । यस्तै भूमि व्यवस्था तथा सहकारीमन्त्री पदमा अर्याल स्याङजाको इन्चार्ज बनाइएकी छन् । बागलुङको इन्चार्जमा बलावती शर्मा र मुस्ताङमा श्रीमाया थकाली इन्चार्ज भएका छन् ।

भरतपुर महानगरपालिकाको इन्चार्जमा मेयर रेणु दाहाल र भक्तपुर महानगरको इन्चार्जमा संविधानसभा सदस्य सुशीला नेपाल तोकिएका छन् । इन्चार्जको जिम्मेवारी पाएका सबै १० जना नै केन्द्रीय सदस्य हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार