राजनीति
पोखरा- पार्टी एकता घोषणा भएको १४ महिनापछि सत्तारुढ नेकपाको सचिवालय बैठकले जिल्ला इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाएको छ । नेकपाले जिल्ला तथा महानगरको नेतृत्व चयन गरेको हो ।
केन्द्रीय सरकारका दुई क्याबिनेट मन्त्रीले नेकपाको जिल्ला इन्चार्जको जिम्मेवारी पाएका छन।
नेकपा सचिवालयले सार्वजनिक गरेको सूचीअनुसार, सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटा काभ्रे जिल्लाको इन्चार्ज भएका छन् भने भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्याल स्याङ्जा जिल्लाको इन्चार्ज भएकी छिन् ।