logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

नेकपाका म्याग्दी इन्चार्ज र सेक्रेटरी गिरफ्तार


  • राजनीति
  • सोमबार, साउन ६ २०७६

सरकार द्धारा  प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव  नेतृत्वको नेकपाका म्याग्दी जिल्ला सेक्रेटरी बाबुलाल शाक्य र इन्चार्ज कमानसिंह नकाल विकिरणलाई प्रहरीले गिरफ्तार गरेको छ ।

नियमित पार्टी कामकै शिलशीलामा उनीहरुलाई प्रहरीले जिल्लाको भकिम्लीबाट पक्राउ गरेको नेकपा श्रोतले जनाएको छ । बाबुलाल शाक्य बाग्लुङ बजार निवासी हुन भने विकिरणको घर बलेवा हो ।

उनीहरु लामो समयदेखि माओवादी आन्दोलान सकृय रहँदै आएका थिए । सो पार्टी र सरकारबीच वार्ताको कुुरा चलिरहँदा आइतबार मात्र काठमाडौं उपत्यका इन्चार्ज माइला लामालाई सरकारले पक्राउ गरेको छ । लामा पक्राउ परेको २४ घण्टा नबित्दै धौलागीरिको म्याग्दीका इन्चार्ज र सेक्रेटरीलाई आजै प्रहरीले पक्राउ गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार