logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

बिधार्थी संगठन र स्ववियु खारेज गरेको भन्दै क्रान्तिकारी आक्रोशित, प्रतिरोध गर्ने चेतावनी


  • राजनीति
  • मंगलबार, साउन ७ २०७६

नेत्र बिक्रम चन्द विप्लव निकट बिद्यार्थी संगठन बैतडीले गोकुलेश्वर पशु तथा बिज्ञान क्याम्पस प्रशासनले बिद्यार्थी संगठन र स्ववियु खारेज गरेको प्रती खेद व्यक्त गरेको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ( क्रान्तिकारी ) बैतडी जिल्ला अध्यक्ष सुरेन्द्र धानुकले एक बिज्ञप्ती निकालेर क्याम्पसले प्रतिगमनकारी निर्णय गरेको भन्दै भत्सर्ना गरेको छ ।

क्रान्तिकारीले ससदिय बिद्यार्थी संगठनको निर्देशन र अनुरोधमा क्याम्पसले उक्त कदम चालेको भन्दै उक्त निर्णय फिर्ता गर्न माग गरेको छ । यदि उक्त गलत कदम नसच्याए कडा प्रतिरोध गर्ने चेतावनी दिएको छ।

बिज्ञप्ती यस्तो छ

लाखौं नेपाली विद्यार्थीहरुको प्रिय सङ्गठन हाम्रो गौरवशाली सङ्गठन अखिल ( क्रान्तिकारी ) नेपालको आमूल शैक्षिक परिवर्तनका लागि सदैव संघर्षरत रहेको छ ।
गोकुलेश्वर पशु तथा विज्ञान कलेजको क्याम्पस प्रमुख द्वारा ने. वि. संघ र अनेरास्ववियुले दिएको विन्तिपत्रको आधारमा क्याम्पसमा विद्यार्थी सङ्गठन खारेज भएको र कुनै पनि साङ्गठनिक गतिविधि गर्न नपाईने सुचना प्रकाशित भएको छ । क्याम्पस प्रशासनको उक्त कदमको घोर भर्त्सना सहित निन्दा व्यक्त गर्दछौ ।
राजनीतिक संस्कार र आचरण नभएकाहरु आफै झै झगडा गर्ने , क्याम्पसको वातावरण विगार्ने र नेपालको विद्यार्थी आन्दोलन लाई नै अपमान गर्ने गरि उल्टै सङ्गठन खारेजिको लागि विन्तिपत्र चडाउनेहरु देखेर असाध्यै लज्जाबोध र तिनिहरु प्रती घृणा जागेर आएको छ । कसैले विन्ती पत्र चढाएकै आधारमा सङ्गठन खारेजी गर्ने निर्णय र आउँदा दिनहरुमा स्ववियु सम्बन्धि गतिविधि पनि नगर्ने क्याम्पस प्रशासनको उक्त निर्णय हाम्रो सङ्गठन लाई कदापी मान्य हुदैन र तत्काल उक्त निर्णय सच्चाउन क्याम्पस प्रशासन सङ्ग जोडादर माग गर्दछौ । अन्यथा जनकारबाहीको भागेदारी हुने कुरा यसै प्रेस विज्ञप्ति मार्फत जानकारी गराउदछौ ।
क्रान्तिकारी अभिवादन सहित !


सुरेन्द्र धानुक
संयोजक
जिल्ला समिती बैतडी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार