logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

प्रचण्ड बादल कमरेड रहेनन् गद्दार भइसके : बलराम तिमिल्सिना


  • राजनीति
  • मंगलबार, साउन ७ २०७६

बरिष्ठ कवि तथा साहित्यकार बालाराम तिमिल्सिनाले प्रचण्ड र बाबुराम गद्दारहरुकाे रुपमा परिणाम भएको बताएका छन्। बिगतका उनका सहकर्मी तथा लाेकप्रिय कलाकार एव जनयुद्धका जिउदा सहिद माइला लामाकाे हातमा लगाइएकाे फाेटा आफ्नाे फेसबुकवालमा पाेष्ट गर्दै उनले उक्त कुरा बताएका हुन् ।

उनले स्टाटसमा लेखेका छन्  ‘कुनै बेलाका सुप्रिम कमाण्डर हाल सरकारको हर्ता कर्ता छन्।कुनै वेलाका “सैन्य विशेषज्ञ” हाल गृहमन्त्री छन्। उनीहरूको लागि समाजवाद मात्र होइन साम्यवाद नै आएको छ।
तर तिनका घाइते सिपाहीको हातमा तिनीहरूकै आदेशमा हतकडी भिराइएको छ।
ती गद्दार सुप्रिम कमाण्डर र कमाण्ड ईन्चार्जको हातमा यसै गरी हत्कडी भिराइने दिन नआई जनताको मुहारमा अब घाम झुल्कने छैन।’

उनले अब प्रचण्ड बादललाई कमरेड भन्न नसुहाउने तर्क गरेकाछन्

 यस्ताे छ उनकाे स्टाटस 

कुनै बेलाका सुप्रिम कमाण्डर हाल सरकारको हर्ता कर्ता छन्।कुनै वेलाका “सैन्य विशेषज्ञ” हाल गृहमन्त्री छन्। उनीहरूको लागि समाजवाद मात्र होइन साम्यवाद नै आएको छ।
तर तिनका घाइते सिपाहीको हातमा तिनीहरूकै आदेशमा हतकडी भिराइएको छ। 
ती गद्दार सुप्रिम कमाण्डर र कमाण्ड ईन्चार्जको हातमा यसै गरी हत्कडी भिराइने दिन नआई जनताको मुहारमा अब घाम झुल्कने छैन।’ 

अव प्रचण्ड र वादलहरू कमरेड रहेनन्।ती त गद्दारमा परिणत भैसके।गद्दारहरूलाई क्रान्तिले दण्डित र प्रतिक्रान्तिले पुरस्कृत गर्छ। आज गद्दारहरू प्रतिक्रान्तिले पुरस्कृत छन्।
माइला लामाको रिहाइको लागि गोहीको आँसु पनि चुहाउँने अनि गद्दारहरूको गोडा पनि ढोग्न गुहे कीराहरू हो ! तिमीहरू कि गद्दारहरूको गोडाको पानी सुरुप सुरुप पिएर बस कि त्यहाँबाट निस्कने पहल गर !
प्रिय साथी माइला लामा !
अहिले म सशरीर तिम्रो साथ हुन सकिन। तिमीले हिडेको बाटो वारे केही छलफल गर्नु छ ।
तर गद्दारहरू हिडेको बाटोभन्दा तिमी हिडेको बाटो हजार गुणा उत्तम छ। कुनै दिन , आगामी यात्राको बाटो वारे आवस्यक परिमार्जन भयो भने हाम्रो यात्रा सँगै हुने छ।

सँगै हिड्न नसके नि अलिकति तातो लैजाऊ !
पखालिन नमानेको अलिकति रातो लैजाऊ !
सिंहजस्तै गर्जन गर ए क्रान्तिको योध्दा तिमी !
घृणित पतित गद्दारहरूको भएभरको सातो लैजाऊ !

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार