logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

जनयुद्धका जिउदाे सहिद नेता लामा जेल चलान सर्वत्र बिराेध


  • राजनीति
  • मंगलबार, साउन ७ २०७६

जिल्ला अदालत, ललितपुरले शनिबार मध्यरातमा काठमाडौंको काँडाघारीबाट गिरफ्तार परेका नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज माइला लामालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । मंगलबार अदालतको यस्तो आदेश आएसँगै लामालाई नक्खु कारागार पठाइएकाे छ । मंगलबार ललितपुर जिल्ला अदालतमा लामाको थुनछेक बहस चलेको थियो ।  गत शनिबार मध्यराति साढे १२ बजे गिरफ्तार भएका नेता लामालाई सरकारले राजद्रोह तथा संगठित अपराधको मुद्दा दायर गरेको छ । माइला लामाको पक्षबाट वरिष्ठ अधिवक्ताहरु एकराज भण्डारी र सुरेन्द्र भण्डारीले वहस गरेका थिए । लामालाई एनसेल वम विष्फोटको आरोपमा संगठित अपराध तथा संविधान विपरित गतिविधि गरेको भन्दै राजद्रोहको मुद्धा चलाएको छ ।

प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य उपत्यका ब्युराे इन्चार्ज तथा लाेकप्रिय कलाकार माइला लामाकाे थुनछेक बहस सकियकाे थियो ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केद्रिय सदस्य माइला लामाको ललितपुर जिल्ला अदालतमा चलेको थुनछेक बहस भएको हाे  ।

गत शनिबार मध्येराति काठमाडौंबाट गिरफ्तार भएका लामालाई सरकारले राजद्रोह तथा संगठित अपराधको मुद्दा दायर गरेको थियो । माइला लामाको पक्षबाट वरिष्ठ अधिवक्ताहरु एकराज भण्डारी र सुरेन्द्र भण्डारीले वहस गरेका थिए । लामालाई एनसेल वम विष्फोटको आरोपमा संगठित अपराध तथा संविधान विपरित गतिविधि गरेको भन्दै राजद्रोहको मुद्धा चलाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार