राजनीति
विराटनगर- नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेकपाका धनकुटा-मोरङ सेक्रेटरी दीपक राई पक्राउ परेका छन्। मोरङको केराबारी गाउँपालिका-३ का ४५ वर्षीय राईलाई बिहीबार प्रहरीको विशेष टोलीले केराबारी- ३ बाटै पक्राउ गरेको हो ।
प्रहरीका अनुसार राईलाई एउटा घरमा सेल्टर लिएर बसिरहेको अवस्थामा पक्राउ गरिएको हो।
सूचनाका आधारमा पुगेको प्रहरीले राईलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय बेलबारीमा राखेको छ।
मोरङ र धनकुटा बाहेक अन्य जिल्लामा नेकपाले गराएका विभिन्न घटनामा राईको संलग्नता रहेको खुलेपछि गम्भीर रुपमा अनुसन्धान अघि बढाइएको एसपी अधिकारीले बताए।उनी विरुद्ध कुन मुद्दा चलाउने भन्ने बारेमा यकिन हुन भने बाँकी रहेको प्रहरीले जनाएको छ।