logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

स्कुल बिभागमा कुरा नमिल्दा नेकपा बैठक स्थगित,घनश्याम भुसालले मागे स्कुलको नेतृत्व


  • राजनीति
  • बिहिबार, साउन ९ २०७६

काठमाडौं -सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक स्थगित भएको छ। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले विभागहरुको नेतृत्व टुंगो लगाउने विषयमा थप गृहकार्य गर्नुपर्ने भएकाले बैठक स्थगित भएको बताएक छन। दिउँसो एक बजे बोलाइएको बिहीबार बस्ने सचिवालय बैठकमा स्कुल विभाग सहित टुंगो लाग्न बाँकी अन्य विषयमा छलफल हुने भनिएको थियो।

नेकपामा विभागहरुको नेतृत्व विषयमा नेताहरुबीच सहमति हुन सकिरहेको छैन। अन्य विभागहरुको विषयमा खासै असमझदारी बाहिर नआए पनि स्कुल विभागको विषयमा भने प्रष्ट दुई धार देखिएका छन्।

पूर्व एमालेका तर्फबाट ईश्वर पोखरेलले यो विभागको नेतृत्वको लागि दाबी गरिरहेका छन्।पार्टीका विभिन्न ३२ विभागको भागबन्डा मिालाउन अझैं बाँकी छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली उपप्रधान तथा रक्षामन्त्रीसमेत सचिवालय सदस्य ईश्वर पोखरेललाई स्कुल विभागको नेतृत्व दिने अडानमा छन्। तर, माओवादी खेमा त्यो अडानलाई अस्वीकार गर्दै आएको छ।
यस विषयमा नै बुधबार साँझ प्रधानमन्त्री ओली र पोखरेलबीच बालुवाटारमा समेत छलफल भएको थियो।

घनश्याम भुसालले मागे स्कुलको नेतृत्व

आफू स्कूल विभाग सम्हाल्नका लागि योग्य नेता भएको नेकपा स्थायी कमिटी सदस्य घनश्याम भुसालले बताएका छन् । गुटगतभन्दा माथि उठेर स्कूल विभाग मलाई दिँदा न्यायोचित हुने आज लुम्बिनी प्रेस क्लब, सिद्धार्थनगरले भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा भुसालले बताए । उनले भने, ‘यदि पार्टी सामूहिक निर्णयबाट चल्ने हो, मैले गरेको योगदानको मूल्याँकन गर्ने हो र गुटगत स्वार्थभन्दा माथि उठ्ने हो भने स्कूल विभाग मलाई दिँदा न्यायोचित हुन्छ ।उनले पार्टीको नीति, सिद्धान्त र विचार निर्माणमा योगदान गरेको जनाउँदै स्कूल विभाग आफूलाई दिन नेतृत्व समक्ष आग्रह गरे । भुसालले पार्टी प्रशिक्षण, माक्र्सवाद लगायत क्षेत्रमा आफूले पार्टी र स्कूल–स्कूलमा पढाउँदै हिँडेकाले यो विभाग आफूलाई दिँदा सबैलाई न्याय हुने बताए । अहिले नेकपामा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलबीच स्कूल विभाग कसले दिने भन्ने विवाद चर्किएको छ उनले भने, ‘अरु साथीहरुले पार्टीमा काम गर्नुभएको छैन भन्दैन, सबैको आ–आफ्नो ठाउँबाट योगदान छ, म त्यसको कदर गर्छु ।’ भुसालले पार्टी सामूहिक निर्णयबाट नचल्दा चाहे जति काम गर्न नसकेको र केही महत्वपूर्ण र राम्रा विधेयक पनि फिर्ता लिनुपरेको बताए ।विधेयकका राम्रा पक्ष पनि हामीलाई थाहा हुँदैन । पार्टीमा छलफलविनै एउटा कर्मचारीले बनाएको, मन्त्रीले बनाएको विधेयक सिधै संसदमा लगिन्छ । तर विरोधपछि फिर्ता लिइन्छ’ उनले भने । यसले गर्दा सरकारको आलोचना बढी भइरहेको उनको भनाइ थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार