logo बिहिबार, कार्तिक २७ २०८३ | Thursday 12th November 2026

विप्लव नेकपाको सरकारी गाडी प्रतिवन्द, कावासोतीमा जलाए जिल्ला अदालतको गाडी


  • राजनीति
  • शुक्रबार, साउन १० २०७६

नवलपरासी -गएराति एउटा सरकारी गाडीमा पूर्वीनवलपरासीको कावासोतीमा आगजनी भएको छ ।अज्ञात समूहले नवलपुर जिल्ला अदालतको बा २ झ ३५२० नम्बरको पार्किङ गरी राखिएको गाडीमा आगजनी गरेको हो ।

जिल्ला अदालतका श्रेस्तेदार शारदादत्त बडु चढ्दै आएको गाडीमा अज्ञात समूहले गएराति आगजनी गरेको जिल्ला प्रहरी कार्यालय, नवलपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए ।

आगजनीबाट गाडीको अघिल्लो भाग र इन्जिन जलेर नष्ट भएको छ ।
राति नै प्रहरी, स्थानीय र दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको रानाभाटले जानकारी दिए ।

विप्वल नेकपाले केही दिनअघि सरकारी गाडी चल्न नदिने चेतावनी दिएकाले घटनामा उसैको संलग्नता हुनसक्ने आशंका गरिएको छ । तर, खुलेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार