logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

विप्लव नेतृत्वको युवा संगठन जाजरकोटका अध्यक्ष र सुर्खेत जिल्ला सदस्य पक्राउ


  • राजनीति
  • शनिबार, साउन ११ २०७६

पोखरा- नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा सुर्खेत र जाजरकोटका दुईजना कार्यकर्ता पक्राउ परेका छन्। विप्लव नेकपाको भातृ संगठन युवा संगठन जाजरकोटका अध्यक्ष खड्क बहादुर सिंह र सुर्खेत जिल्ला सदस्य हिरु सिंह पक्राउ परेका हुन्।

उनीहरुलाई शुक्रबार सुर्खेतबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। ३२ वर्षीय सिंहलाई वीरेन्द्रनगरमा लुकेर बसेको गोप्य सूचनाको आधारमा पिपिराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

यस्तै विप्लवका सुर्खेत जिल्ला सदस्य हिरु सिंहलाई सुर्खेतको लेकवेशीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। लेकवेशी–५ नेटा निवासी शाहीलाई घरबाट दशरथपूर जाने क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार