logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

क्रान्तिकारीका उपाध्यक्ष गिरफ्तार, गतिलो जवाफ दिने चेतावनी


  • राजनीति
  • सोमबार, साउन १३ २०७६

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीको काठमाण्डौ क्याम्पस जिल्ला त्रि-चन्द्र क्याम्पस उपाध्यक्ष बुद्द लामा पुन गिरफ्तार गरेको भन्दै क्रान्तिकारीले आक्रोश व्यक्त गरेको छ ।

त्रिचन्द्र क्याम्पसका नियमित बिद्यार्थी रहेका लामालाइ क्याम्पस परिसर बाटै गिरफ्तार गरेको प्रती क्रान्तिकारीले खेद प्रकट गरेको छ । क्रान्तिकारीका त्रिचन्द्र क्याम्पस सचिव रितेश सेन्च्युरीले एक बिज्ञप्ती जारी गर्दै राज्यको दमनको प्रतिरोध गर्ने समेत चेतावनी दिएकाछ्न ।

गिरफ्तार भएका लामा शैक्षिक दलाल र भ्रष्टाचार विरुद्धका योद्धा भएकोले षड्यन्त्र पुर्वक गिरफ्तार गरेर झुट्टा मुद्दा  लगाउने प्रपन्च रचिएको भन्दै क्रान्तिकारीले त्यस हर्कर्तको गतिलो जवाफ दिने घोषणा गरेको छ । लामा केहि अगाडी प्रहरी हिरासत बाट मात्र रिहा भएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार