logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

क्रान्तिकारी द्धारा ‘लेखक’ मृत्यु बारे लिटिल बुद्ध माथी छानबिनको माग


  • राजनीति
  • सोमबार, साउन १३ २०७६

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) कञ्चनपुरद्धारा एक प्रेस विज्ञप्ती मार्फत लिटिल बुद्ध विद्यार्थी सुसाईड प्रकरणको सत्यतथ्य छानविनको माग गरेका छन् । क्रान्तिकारी विद्यार्थीका अध्यक्ष नरेन्द्र भाटद्धारा जारी विज्ञप्ती उल्लेख गरिएको छ ।

आम विद्यार्थीको प्रिय संगठन अखिल क्रान्तिकारीले आफ्नो स्थापना कालदेखि राष्ट्रियता, जनजिविका, जनतन्त्र लगायत शिक्षा जस्ता क्षेत्रमा भएका हरेक अन्याय, अत्याचार, हत्याहिंसा, कुटपिट र विकृतिका विरुद्ध सडक वाहकहरुको रुपमा संघर्षरत रहेको सर्वविदितै जानकारी गराउदै महेन्द्रनगर स्थित लिटिल बुद्ध एकेडेमी कक्षा १२ मा अध्ययनरत भीमदत्त नगरपालिका–३ भाँसीका १६ बर्षिय सुरज लेखकले ‘मर्नुको कारण’ हरिलाल जोशी एलबिए प्लस टु कोडिनेटर भनेर उल्लेख गरेका छन् ।

उक्त विद्यार्थी भाई प्रति क्रान्तिकारी संगठनले हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । पछिल्लो समयमा निजी शैक्षिक संस्थाहरुमा अध्ययनरत विद्यार्थीहरु चुरोट तान्ने, जाडरक्सी खाने, लागु औषध दुब्यसनीमा फस्ने, झैझगडा गर्ने, शारीरिक मानसिक रुपमा तयार नभइ साथीहरुको लहैलहैमा लागेर मायाप्रेमको जालमा फस्ने जस्ता गलत कार्यहरुमा संलग्न भई असाध्यै विग्री रहेका छन् ।

यसको समाधनको उपाय विद्यालयमा कुटपिट गरेर, मानसिक यातना दिएर विद्यालयबाट निकालेर निकाल्ने डर देखाए होइन कि बच्चाहरुलाई सामाजिक सांस्कृतिक, पारिवारिक संस्कार सिकाउने पहिलो जिम्मेवारी घरपरिवारकै हुने गर्दछ । घर परिवारले पनि आफ्नो अगाडि राम्रो देखिए बाहिर के गर्छन् भन्ने कुराको ख्याल नै नगर्ने कुराले बच्चाहरु झनझन कार्यमा संलग्न भई विग्रिदै गइरहेका छन् ।

विद्यालयमा अध्ययन गराउने शिक्षक शिक्षिकाहरुले पनि प्रमाणपत्रको खोस्टोमा मात्रै उत्कृष्ट बनाउने संकल्पमा नलाग्न समेत विज्ञप्ती मार्फत आग्रह गरेका छन् ।

एउटै कक्षामा दुईचार वटा विद्यार्थीहरु उत्कृष्ट होलन तेहि कक्षाभित्रका अरु विद्यार्थीहरु प्रमाणपत्रको खोष्टामा उत्कृष्ट हुदैनन् जसले विद्यालयबाट जीवनप्रतिको आशा होइन कि निराशा लिएर घर फर्किन्छन् । त्यसको समाधान नैतिक/व्याबहारिक शिक्षामा विशेष जोड दिनु पर्ने भएकाले यसलाई विशेष जोड दिने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार