logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

बन्दकाे पुर्वसंन्ध्यामा काभ्रेमा शक्तिशाली बम बिस्पाेट बन्द आक्रमक हुने संकेेत


  • राजनीति
  • मंगलबार, साउन १४ २०७६

काभ्रेको बनेपा नगरपालिकास्थित बजार क्षेत्रमा मंगलबार राति बम विस्फोट भएको छ। बनेपा बजारको उग्रेश्वर महादेव मन्दिर नजिकै शक्तिशाली बम बिस्फोट भएको हो।

बम पड्केको आवाजले स्थानीयबासी त्रसित भएका छन्।जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाले विस्फोटबारे जानकारी आएको बताउँदै प्रहरी टोली पठाइसकिएको बताए।

विस्फोटबाट भएको क्षतिको विवरण आइसकेको छैन। आफ्ना नेता माइला लामालाई पक्राउ गरेको विरोधमा बुधबार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाल बागमतीसहितका क्षेत्रमा बन्द आह्वान गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार