logo शनिबार, कार्तिक २९ २०८३ | Saturday 14th November 2026

के कारण मध्यरातमा सहमति गरेर, अनशन तोड्दैछन डा. केसी ?


  • राजनीति
  • शनिबार, पुष २९ २०७४

चौधौं पटक अनसनरत प्रा.डा गोविन्द केसी र सरकार बीच गएराति सहमति भएको छ । स्वास्थ्य मन्त्री दीपक बोहरा र केसीले ५ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

अदालतको मानहानीको आरोपमा गिरफ्तार गरि सामन्य तारिखमा छोडिएका केसी र सरकार बिछ पाँच बुँदे सहमतिमा चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन ७ दिनभित्र सिफारिस समिति गठन गर्ने,त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)को डीनमा प्रा.डा. जगदीशप्रसाद अग्रगाललाई नै निरन्तरता दिने उल्लेख छ । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको खोसिएको अधिकार फिर्ता गर्ने सम्बन्धमा यसअघि गरिएका सम्झौता कार्यान्वयन गर्न त्रिवि कुलपतिले यथाशीघ्र र यथोचित कदम लिने बुँदासमेत सहमति पत्रमा छ । सहमतिको चौथो बुँदामा त्रिवि शिक्षण अस्पतालको सेवा र गुणस्तर बृद्धि गर्ने उल्लेख छ भने पाँचौमा केसीले अनसन कार्यक्रम अन्त गर्ने उल्लेख छ ।

अदालतले आईओएमको डीनमा शशि शर्मालाई पुनर्वाहली गरेलगत्तै प्रा.डा केसी यसको खारेजी र प्रधानन्यायाधीशको राजीनामा माग गर्दै अनसन बसेका थिए । तर, अदालतले उनीमाथि अवहेलना मुद्दा दर्ता गराउँदै पक्राउ गर्न आदेश दिएको थियो । अदालतले रिहा गर्ने आदेश दिएपछि पुनः अनसनलाई निरत्तरता दिएका केसी र सरकारबीच सहमति बनेको हो । सहमतिसँगै तत्कालका लागि यो विषय सुल्झिएको बुझिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार