राजनीति
रौतहट- रौतहट विप्लव नेकपाका तिन जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।साउन १५ गते विप्लव नेकपाले आवह्ना गरेको बन्दको पूर्व सँध्यामा राति गैडाटारस्थित आर्दश सामुदायिक वनको भवनमा रौतहटको चन्द्रपुर नगपालिका ३ नम्बर वडा कार्यालयमा आगजनी गरेको आरोपमा प्रकाउ परेको जिल्ला प्रहरी कार्यालय राउतहटले बताएका छन।
आगजनीबाट कार्यालयमा रहेको कागजात, कम्प्युटर लगायतका सामान नष्ट हुदा २० लाख भन्दा बढीको क्षति भएको थियो । यदपी बिप्ल्व नेकपाले झुटो आरोप लगाउदै आस्था राखैकै भरमा आफ्ना कार्यकर्ता र शुभचिन्तकलाई प्रकाउ गरेको भन्दै खेद जनाएको छ।
आगलागी भएको घटना लगतै अनुसन्धानमा जुटेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले घटनामा संलग्न भएको भन्दै ३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा चन्द्रपुर ४ टेकान टोलका रेहान तामाङ्ग भन्ने रामबहादुर घिसिंग, मान बहादुर वाइवा, गैडाटारका रेव प्रसाद मैनालीलाई रहेका छन् ।
पक्राउ परेकाहरुलाई सरकारी सम्पतीमा क्षति पु¥याएकोले सोही मुद्दा अन्तर्गत कारवाहीको प्रकृया अगाडी बढाएको प्रहरी नायब उपरिक्षक कटवालले बताए ।
विप्लव नेतृत्वको नेकपाले बुधबार आह्वान गरेको बन्दको पूर्व सन्ध्यामा चन्द्रपुर नगरपालिकाको तीन नम्वर वडा कार्यालयमा आगजनी भएको थियो । वडाध्यक्ष बोधनाथ देवकोटाको घरमा ढुंगामुढा प्रहार भएको थियो भने वडा कार्यालय नजिकको चौतारामा बम राखिएको थियो ।