राजनीति
पोखरा- केपी ओली नेतृत्वको सरकारबारे सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य तथा सांसद रामकुमारी झाँक्रीले कठोर टिप्पणी गरेकी छन्।
सामाजिक सञ्जालबाट नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईलाई बधाई दिने क्रममा उनले ओली नेतृत्वको सरकार अलोकप्रियताको भुंग्रोमा रहेको बताएकी छन। उनले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति टिप्पणी गर्दै आफ्नै कारणले सरकार अफ्ठ्यारोमा परेपछि मुठ्ठी फुकाउनुपरेको भनेकी छन्। उनको यो संकेत सरकार निर्माणका क्रममा आफ्नो गुटका मात्रै नेतालाई मन्त्री बनाएर अन्य गुटकालाई पाखा लगाउने प्रम ओलीको प्रवृत्तिप्रति लक्षित थियो ।
‘आफ्नै कारण अठ्यारोमा परेकाले केही मुठ्ठी खुकुलो बनाउनु पर्यो’, उनले प्रमप्रति निशाना साँध्दै भनेकी छन्, ‘जसका कारण योगेश दाइलाई मन्त्री बनाइयो।’ सरकार अलोकप्रियताको भुंग्रोमा रहेका बेला नेता योगेशले पनि त्यही भुंग्रोमा हामफालेको उनको निचोड छ। ‘सरकार अलोकप्रियताको भूंग्रोमा छ। योगेश भट्टराई त्यही भुंग्रोमा पर्नुभयो अहिले। मेरी आमा भन्नुहुन्थ्यो, जुन भुंग्रोमा परे पनि निस्कनुपर्छ । भुंग्रोबाट निस्कनुपर्छ हार्दिक बधाई अनि शुभकामना!’